साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्यको हार, झुटको सिंहासन

नारा सुनेर मुग्ध हुने भीडमा, साँचो विरोधी नै सिद्धिन्छ यहाँ। माटोको माया छाडेर जो गयो, तिनलाई नै देवता भनिन्छ यहाँ।

Nepal Telecom ad

कुलप्रसाद घिमिरे :

सत्य बोल्नेहरूलाई हटाइन्छ यहाँ,
झुटका सिंहासन सजाइन्छ यहाँ।

इमान्दार पसिना बगाइ बस्छ,
कृपावादीलाई गाडी चढाइन्छ यहाँ।

जसले अँध्यारो हटायो धर्तीबाट,
उही उज्यालोबाट हटाइन्छ यहाँ।

मेरिटले होइन, चल्छ नाता र कृपा,
योग्यताले होइन, हाम्रालाई छानिन्छ यहाँ।

देश डुबाएर हाँस्नेहरूको भीडमा,
इमान्दारलाई मात्र रुवाइन्छ यहाँ।

कर्मले होइन, चल्छ भाषणको खेती,
ढोंगीहरूलाई मात्र सम्मान दिइन्छ यहाँ।

सपना बेच्नेहरू छन् राजा बनेका,
मेहनत गर्नेहरू लखेटिन्छ यहाँ।

नारा सुनेर मुग्ध हुने भीडमा,
साँचो विरोधी नै सिद्धिन्छ यहाँ।

माटोको माया छाडेर जो गयो,
तिनलाई नै देवता भनिन्छ यहाँ।

०००
सिद्धिचरण नगरपालिका ७, विगुटाटार
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भोट, भोज र बलिदान

भोट, भोज र बलिदान

कुलप्रसाद घिमिरे
बालराम र वृद्धाराम

बालराम र वृद्धाराम

कुलप्रसाद घिमिरे
आवरण र आत्माको धुलो

आवरण र आत्माको धुलो

कुलप्रसाद घिमिरे
सुधार केन्द्रका नेताहरू

सुधार केन्द्रका नेताहरू

कुलप्रसाद घिमिरे
सपनाको खेती र भोको पेट

सपनाको खेती र भोको...

कुलप्रसाद घिमिरे
अक्षरको भोक

अक्षरको भोक

कुलप्रसाद घिमिरे
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x