फित्काैली डटकमसाहित्यकार राजेन्द्र विमल हामी वीच रहनु भएन
नेपाली आख्यानमा लोकप्रिय रहेका कथाकार डा. राजेन्द्र विमल गत रात्री यस संसारबाट बिदा हुनु भएको छ ।
काठमाडाैं । नेपाली साहित्य जगतमा दु:खद समाचार आइपुगेको छ। नेपाली आख्यानमा लोकप्रिय रहेका कथाकार डा. राजेन्द्र विमल गत रात्री यस संसारबाट बिदा हुनु भएको छ ।
उहाँ जनकपुर आफ्नो निवासमै रहँदा अचानक अप्ठेरो महसूस भएर पल्सरेट र अक्सिजन पनि घट्दै गएको हुँदा अस्पताल लगियो र राती १२:३० बजे उहाँको दुःखद निधन भयो ।
नेपाली तथा मैथिली दुवै साहित्यका उहाँ एक विशिष्ट साधक हुनुहुन्थ्यो। उहाँका राजेन्द्र विमलका कथाहरू, समयका आँखा, खहरेको तिर्खा — उपन्यास, रोएको जुन — उपन्यास, मिथिलाको इतिहास, संस्कृति र कला परम्परा, नेपालको लोकचित्रकलाको इतिहास र वर्तमान अवस्था आदि कृतिहरू प्रकाशित छन्।
उहाँलाई नेपाली भाषा वाङमयलाई समृद्ध तुल्याएको भन्दै २०६६ को जगदम्बाश्री पुरस्कारद्वारा पनि सम्मानित गरिएको थियो ।
८० वर्षीय डा. विमलका एक छोरी र दुई छोरा छन्।
०००
समाचार श्राेत : शब्दपथ
Subscribe
Login
0 Comments
Oldest






































