साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तक्मा र कोपरा

Nepal Telecom ad

धिक्कार छ !
किन मलाई तक्मा बनायौ ?
धेरै पटक मलाई नै छातीमा झुण्ड्याएर
चेलीबेटी बेचेको देखेको छु
धेरै पटक मलाई नै छातीमा सजाएर
मूर्ति बेचेको देखेको छु
राजनीतिको भव्य कुर्सीमा बसेर
आलिशान महल , अलौकिक सुखसयलमा मस्त
सम्माननियहरुको छातीमा टाँगिएर
आफैं निरिह निरिह बनेको छु ।
मलाई एउटै कुराको खेद छ
म कहिल्यै
सिर्जनशीलहरुका छातीमा टाँसिन सकिन
सदाचार र कर्तव्यनिष्टहरुको
कोटमा सजिन सकिन ।
म बहुमूल्य वस्तुको नाममा
मूल्यहीन भैरहेको छु ।
लाग्छ
तक्मा बनाउनु भन्दा त
कोपरा बनाएको भए हुन्थ्यो
कम्तीमा त्यसको प्रयोग हुन्थ्यो
र, पछि माझेर टल्काइन्थ्यो ।
धिक्कार छ !
किन मलाई तक्मा बनायौ ?
किन मलाई कोपरा बनाएनौ ?

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x