साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रेय भागी ?

Nepal Telecom ad

हामी त “श्रेय–भागी” मात्र हौँ
“हुलमुलमा” जे जस्तो अप्रिय कार्य भयो
त्यसको “जिम्मेवार” हामी छैनौँ
हामी त “प्रेय–भागी” मात्र हौँ ।

हाम्रो ध्येय त “महत्व” पाउनु मात्र हो
विकृति रुचाउनु हैन
“पानीमाथिका ओभानो” हौँ हामी
हामी त “क्रेय–भागी” मात्र हौँ ।

“राजनीति” भन्नु आजकल
“छलछाम” र “परिपञ्च” नै रहेछ
परिपञ्च मिलाउँदा जे जति,
गडबड र तोडफोड भयो
त्यसको ‘भागी’ हामी छैनौँ
“भागी” त मूर्ख “अभागी” नै हुन् ।

‘आन्दोलनले’ सबैलाई
‘हुँडल्छ’ अवश्य नै
हुँडल्याईमा “विष” पनि उब्जिन्छ ।
तर “विष” हाम्रो चाहना हैन
हामी त “ध्येय–भागी” मात्र हौं ।

डिल्लीबजार, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x