साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सात बाछिटा, एक समालोचनात्मक कृति लोकार्पित !

भुँडीपुराणका सञ्चालक केशव पराजुलीको सभापतित्व, प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आमन्त्रित आतिथ्य लाेकार्पण कार्यक्रम सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ वैशाख २९ । कौशिकी र भुँडीपुराणद्वयको संयोजकत्वमा भुँडीपुराणका सञ्चालक केशव पराजुलीको सभापतित्व, प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आमन्त्रित आतिथ्य कार्यक्रम सम्पन्न भएकाे हाे ।

प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, प्रा.डा घनश्याम परिश्रमी, बाछिटा प्रवर्तक अमर त्यागी, चेतनाथ धमला, खगेन्द्र बस्यालको विशिष्ठ आतिथ्य, गजलकार सुशीला धमलाको सटिक उद्घोषणमा राष्ट्रिय गान लगत्तै एकै साथ आठ कृतिकाे लोकार्पण गरियाे ।

बाछिटा कृतिकारहरू- अमर त्यागीको अव्यक्त, डा.घनश्याम परिश्रमीको अनन्य, हरिभक्त सिग्देलको अनित्य, सिर्जना खनालको अन्तर्य, जानुका गुरागाईको अज्ञात, यज्ञलाल सुवेदीको अमूल्य, भगवती दवाडी र दीपकप्रसाद गौतमको अमर त्यागीका कवितामा वस्तुविधान- समालोचनात्मक कृति लोकार्पित भए ।

यसबिचमै मञ्चासिन व्यक्तित्वबाट शुभकामना मन्तव्य व्यक्त भए भने बाछिटाकारले तीन तीन बाछिटा वाचन गरे । गजब त अतिथि भनेर मुख्य दायित्व दिएका धेरै व्यक्तिहरू कार्यक्रममा अनुपस्थित थिए ।

कार्यक्रममा बाछिटाकारलाई सम्मान पत्र, बाछिटा आविष्कारक अमर त्यागीलाई विविध संस्थाबाट सम्मान पत्र प्रदान भए। बाछिटा संस्थाका तर्फबाट सम्मानित घनश्याम परिश्रमी, अमर त्यागी लगायत सबै बाछिटाकारलाई हार्दिक वधाइ पनि।

०००

– कलानिधि दाहालकाे साैजन्यबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x