साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार कल्पना काफ्लेको ‘अशान्त धड्कन’ दुबईमा लोकार्पित

सिर्जना वाचन डबली युएईको आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली समाज युएईको समन्वयमा आइतबार दुबईको बरदुबैमा भएको कार्यक्रममा कृति लोकार्पण गरिएको हो ।

Nepal Telecom ad

बरदुबई, २०८१ साउन २८ । साहित्यकार कल्पना काफ्लेको मुक्तकसङ्ग्रह ‘अशान्त धड्कन’ दुबइमा लोकार्पण गरिएको छ ।

सिर्जना वाचन डबली युएईको आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली समाज युएईको समन्वयमा आइतबार दुबईको बरदुबैमा भएको कार्यक्रममा कृति लोकार्पण गरिएको हो ।

टक गुरुङको अध्यक्षता गैर आवासीय नेपाली संघ युएईका अध्यक्ष विकास शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका विशिष्ट अतिथिमा साहित्यकार काफ्लेका श्रीमान् कृष्ण आचार्य, नेपाल एयरलाईन्स युएईका कन्ट्रीमेनेजर दीपेन्द्र सापकोटा, सावित्रा अधिकारी लगायत रहेका थिए ।

जे सागरको संयोजनमा भएको कार्यक्रमको सञ्चालन श्री भवानी नेपालले गर्नुभएको थियो । एक सय जनाभन्दा बढी साहित्यानुरागी सहभागी भएको कार्यक्रममा २७ जना सर्जकले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।
कृतिकार कल्पना काफ्लेले करिव १ घन्टासम्म आफ्ना मुक्तक, गजल र कविताले माहोल तताउनु भएको थियो ।

काफ्लेका मुक्तक र कविता सुन्न थालेपछि दर्शकहरूले पछाडिबाट वान्स मोर भनेर कराइरहेका थिए ।

कल्पनाको मुक्तक सङ्ग्रह अशान्त धड्कनभित्रका मुक्तकहरूले दर्शक स्रोताको मन जित्न सफल भएका छन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x