साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्य सङ्ग्रहका लागि निबन्ध रचना आव्हान

उक्त निबन्ध सङ्ग्रहमा आआफ्ना हास्यव्यङ्ग्य निबन्ध रचना प्रकाशित गर्न इच्छुक लेखकहरुले समसामयिक विषयमा लेखिएका दुईवटा निबन्ध मिति २०८२ भाद्र मसान्तसम्ममा पठाइ सहयाेग पुर्याउन सम्बद्ध स्रष्टाहरूलाई अनुराेध गरिएकाे छ ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ चैत २५ । यशोभानु साहित्य तथा संगीत प्रतिष्ठान र फित्कौली अनलाइन मिडियाको सहकार्यमा समकालीन नेपाली हास्यव्यङ्ग्यको विश्व रूप झल्काउने एक उच्चस्तरीय सङ्ग्रह प्रकाशन गरिने भएको छ।

प्रकाशनकाे पहलकदमी लिएकाे संस्थाका तर्फबाट हास्यव्यङ्ग्य निबन्ध आव्हान गर्दै एक सूचना सार्वजनिक गर्दै उक्त जानकारी दिइएकाे हाे ।

उक्त निबन्ध सङ्ग्रहमा आआफ्ना हास्यव्यङ्ग्य निबन्ध रचना प्रकाशित गर्न इच्छुक लेखकहरुले समसामयिक विषयमा लेखिएका दुईवटा निबन्ध मिति २०८२ भाद्र मसान्तसम्ममा पठाइ सहयाेग पुर्याउन सम्बद्ध स्रष्टाहरूलाई अनुराेध गरिएकाे छ ।

दिइएकाे इमेल ठेगानामा निबन्ध पठाउँदा ध्यान दिनु पर्ने कुराहरू निम्न रहेका छन् :
१. निबन्ध अन्यत्र कतै प्रकाशित नभएकाे र अधिकतम १५०० शब्दको हुनुपर्नेछ।

२. निबन्धले समाजका विकृति र विसङ्गत प्रवृत्तिहरूलाई आफ्नो विषय बनाएको हुनु पर्नेछ ।

३.  हाँसो र व्यङ्ग्यको उचित संयोजन गरेर लेखिएको हुनुपर्नेछ ।

४. कुनै जात, धर्म, आस्था, देश, भूगोल वा राष्ट्रियताको अपहेलना नगरिएको हुनुपर्नेछ ।

५. निबन्धको साथमा लेखकको संक्षिप्त परिचय र तस्विर पनि संलग्न गरिएकाे हुनुपर्नेछ ।

६. प्राप्त भएका निबन्धहरू सङ्ग्रहमा समावेश गर्ने वा नगर्ने  निर्णयाधिकार  सम्पादकहरूकाे हुनेछ ।

आफ्ना उत्कृष्ट रचनाहरू तलको इमेलमा पठाएर यस पुनित कार्यमा सहयोग पुर्याइदिनु हुन सम्पादक मण्डलले सम्पूर्ण नेपाली हास्यव्यङ्ग्यका सर्जकहरुलाई अनुरोध गरेको छ।

निबन्ध पठाउने ठेगाना निम्न अनुसार रहेको छ :
१. नरनाथ लुइँटेल : narnath@gmail.com

२. राजेन्द्र कार्की : karkirajendra9@gmail.com

३. नारायण भट्टराई : nomanbhattarai@gmail.com

समकालीन नेपाली हास्यव्यङ्ग्य निबन्धको ऐनाको रुपमा आउने यस कृति प्रकाशन योजनामा सम्बद्ध सबैको सहयोगको अपेक्षा गरिएको छ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x