साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुमाल समुदायको बस्तीमा जीवनवादी कविता

सङ्खुवासभा जिल्लाको तुम्लिङटारमा रहेका कुमाल समुदायको वस्तीमा प्रलेसको "गाउँगाउँमा प्रलेस टोलटोलमा साहित्य "कार्यक्रमको दोश्रो सृङ्खला साथ शुभकामना आदानप्रदान" सम्पन्न भएको छ।

Nepal Telecom ad

तुम्लिङटार, २०८२ वैशाख ५ । प्रगितिशील लेखक संघ संखुवासभाको आयोजना तथा कुमाल समाज नेपाल, संखुवासभाको व्यवस्थापनमा यही सङ्खुवासभा जिल्लाको तुम्लिङटारमा रहेका कुमाल समुदायको वस्तीमा प्रलेसको “गाउँगाउँमा प्रलेस टोलटोलमा साहित्य “कार्यक्रमको दोश्रो सृङ्खला साथ शुभकामना आदानप्रदान” सम्पन्न भएको छ।

कुमाल समुदाय आफ्नै भाषा संस्कृति भएको माटोको भाँडा बनाउने परम्परागत पेशा भएको अरुण उपत्यकाको अल्पसङ्ख्यक सीमान्तकृत आदिबासी जनजाति हो।

कार्यक्रममा उहाँहरुसँग ‘कला जीवनका लागि’प्रस्तुत गरियो।बालबालिकासँग बसियो,लेख्न सिकाइयो र प्रतिस्पर्धा गराइयो।उत्कृष्ट बालबालिकालाई पुरस्कृत गरियो।

कार्यक्रममा ३५ जना बालबालिकालाई कपी कलम वितरण गरी कार्यक्रमका सभापति ताराबहादुर बुढाथोकीले कविता लेखन सीप सिकाए । जसमध्ये सोनु कुमाल, सलिना श्रेष्ठ, कृष्टिना दुत्पाउ, युनिस गौतम, सोनिया कुमाल, सुसान्त अधिकारी, दीक्षा कमाल, सुमित्रा कुमाल, रेजिना कुमाल, स्मारिका कुमाल, विवसा कुमाल, आदर्श कुमाल, स्पन्दन दिक्पाल, रेजिना मगर लगायत १४ जना बालबालिकाले कविता रचना गरेर सुनाए । सोनिया कुमाल-प्रथम,सलिना श्रेष्ठ द्वितीय र दीक्षा कुमाल तृतीय पुरस्कार प्रप्त गर्न सफल भए ।

कुमाल समाजको हलमा सम्पन्न उक्त कार्यक्रममा कुमाल समाजको समितिले साउन्ड सिस्टम, चिया तथा पुरस्कारको व्यवस्था गरेको थियो । प्रलेस सदस्य भुवन हलिदेले सन्चालन गरेको उक्त कार्यक्रममा कुमाल समाजका कोषाध्यक्ष अरुणा कुमालले स्वागत मन्तब्य राखेकी थिइन्। कवि कृष्ण बहादुर चापागाई, कवि बिरेश राई, कवि राम गुरुङ, कवि गुरुप्रसाद सुबेदी, कवि मैया बजगाइ र सुशीला कुमाल मगरले आफ्ना गजल तथा कविता प्रस्तुत गरेका थिए।

कार्यक्रममा शिक्षक मित्रा कुमारी राइ, शिक्षक सबित्रा पन्त सुवेदी, शिक्षक खड्गकुमारी दाहाल, लगायत विद्यार्थी भाइबहिनीहरु र कुमाल समाज का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले कुमाल समुदायको वस्तीमा प्रशिक्षण सहितको कवि गोष्ठी आयोजना गर्नुको दुरगामी महत्व रहेको साथै प्रलेसले नितान्त सही स्थान र सही समुदाय छनोट गरेको बताए। कार्यक्रमका सभापति समेत रहेका प्रलेस जिल्ला समिति अध्यक्ष तारा बहादुर बुढाथोकीले
जहाजले उड्छु भन्यो,
तिमीले बस्ती छोडिदियौ।
मोटरले गुड्छु भन्यो,
तिमीले छाप्रो तोडिदियौ।
परियोजनाले बस्छु भन्यो
तिमीले दोसल्ला ओडिदियौ।
बिकास अघि सर्दै गयो
तिमी पछि पर्दै गयौ।….

“कुमाल जातिको जीवन्त कविता सुनाउँदै नितान्त पछाडि पारिएको समुदायमा प्रगतिशील र जनवादी साहित्य रचना गर्न प्रेरित गर्नु र सुनाउनु शहरमा सुकिलाहरुबिच कविता गोष्ठी गर्नुभन्दा महत्वपूर्ण हुने ठानी आफूहरुले कुमाल बस्ती रोजेको कुरा बताए।

मल बोकेका नरनारीहरु पनि मलको भारीसँगै उभिएर टाढा टाढाबाट माइकको आवाज सुनिरहेका थिए।

०००
-तिला लेकालीकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x