साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभि आख्यान वाचनको १७६ औँ शृङ्खला

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा सुरभिका संरक्षक एवम् अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको प्रमुख आतिथ्यता रहेको थियो ।

Nepal Telecom ad

काठमाडौँ, २०८२ भाद्र २१ । सुरभि साहित्य प्रतिष्ठानको १७६ औँ शृङखलाको आख्यान वाचन कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा सुरभिका संरक्षक एवम् अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको प्रमुख आतिथ्यता रहेको थियो । अन्य अतिथिहरूमा अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्याल, मधुसूदनप्रसाद घिमिरे र अच्युतराम चालिसे रहनुभएको थियो ।

प्रतिष्ठानका सहसचिव मेनका पोखरेल आचार्यको स्वागत मन्तव्य रहेको यस कार्यक्रममा सुशील आचार्य, रमेश भट्टराई पुजारी, शारदा पराजुली, सरिता दुलाल घिमिरे, खोलाघरे साहिँलो, मधुसूदनप्रसाद घिमिरे, विमल अर्याल र परशुराम पराशरले कथा–लघुकथा वाचन गर्नुभएको थियो । उनन्तिस जनाको उपस्थिति रहेको यो कार्यक्रम गुणात्मकरूपले सफल भएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले कार्यक्रममा वाचित कथाहरूमाथि टिप्पणी गर्नुभएको थियो । वहाँले कथाका आवश्यक तत्वहरूको बारेमा बोल्दै यी तत्वहरू कथामा हुनु पर्ने जानकारी गराउनुभयो । साथै वहाँले कथा वाचनले पनि फरक पर्ने हुँदा संवादलाई संवाद बोलेझैँ र अन्यलाई सामान्यरूपले कथाको परिवेश र प्रकृतिअनुरूप वाचन गर्नुपर्ने कुरा बताउनुभयो ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि गोविन्द घिमिरे वेदमणिले पनि कथाको बारेमा बोल्नुहुँदै कथालाई जीवन्तता दिन परिवेश र पात्रले सक्नेहुँदा यसतर्फ जोड दिन आग्रह गर्नुभयो । साथै वहाँले बोधकथा सुनाउनुभएको थियो । दिउँसो १ बजे सुरु भएको यो कार्यक्रम सचिव अच्युत घिमिरेले सञ्चालन गर्नुभएको थियो ।

०००
परशुराम पराशरद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x