साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा. पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

नेपाली साहित्यमा कथा, लघुकथा, निबन्ध, समालोचना र समसामयिक लेखनमा कलम चलाउँदै आएका डा. टीकाराम पोखरेलको ‘अन्त्यारम्भ’ नामक कथासङ्ग्रह प्रकाशित भएको छ ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ असाेज २३ । नेपाली साहित्यमा कथा, लघुकथा, निबन्ध, समालोचना र समसामयिक लेखनमा कलम चलाउँदै आएका डा. टीकाराम पोखरेलको ‘अन्त्यारम्भ’ नामक कथासङ्ग्रह प्रकाशित भएको छ ।

कथामा प्रेम, यौन, जीवन, मानव मनोविज्ञान, मानवीय मूल्यमान्यवता, मानवताको ह्रास, राजनीतिक विक्रिति, विसङ्गति, समाजिक झिनाझम्टी, अपराध, अशिक्षा, अन्धविश्वास, अविकास र गरिबीबाट उत्पन्न विषम परिस्थितिहरुको उठान गरिएका छन् ।

कल्पनाभन्दा बढी भोगाई, असामाजिक लाग्ने यथार्थ र समाजका कुरीतिप्रति व्यंग्यात्मक प्रहार गरिएका कथाहरुमा यौनका बाछिटा, केही प्रेमका मिठास, केही राजनीतिका धब्बा, केही छलनीतिका कुरा, केही कृत्य र केही कुकृत्य, केही लोभ र केही पापका पाटाहरू समाविष्ट छन् ।

एक्काइस वटा कथाहरु समेटिएको कथा सङ्ग्रह सुन्दर स्वदेश प्रकाशनले प्रकाशित गरेको हो । पोखरलेको यो नवौँ कृति र दोस्रो कथा सङ्ग्रह हो ।

यसअगाडि पोखरेलको धोको (२०५६) प्रकाशित भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x