फित्काैली डटकमसुरभि साहित्य प्रतिष्ठानमा देवकोटा जयन्ती
प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्म जयन्ती कविगोष्ठीसहित वहाँको व्यक्तित्व र कृतित्वको परिचर्चा गरेर मनाएको छ।

सुरभि साहित्य प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्म जयन्ती कविगोष्ठीसहित वहाँको व्यक्तित्व र कृतित्वको परिचर्चा गरेर मनाएको छ।
नेपाली साहित्यका उज्ज्वल तारा महाकवि देवकोटाको योगदान अतुलनीय रहेको स्मरण गर्दै प्रमुख अतिथि, गोकर्णेश्वर नगर पालिका वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठले साहित्यिक तथा प्राज्ञिक जगतबाट साहित्यलाई उठान गर्न यो नगर पालिका देश भरमै अग्रणी भएको चर्चा सुन्न पाएकोमा उत्साहित भएको बताउनु भयो।
कवि भनेर जनमनमा बसेका अमर नेपाली स्रस्टा भानुभक्त र देवकोटा नै भएको जिकिर गर्दै लेखक तथा समालोचक युवराज मैनालीले नेपाली साहित्यलाई अंतर्राष्ट्रियकरण गर्ने व्यक्तित्वका रुपमा पनि महाकवि देवकोटाको स्मरण गर्नुभयो।
देवकोटा कति प्रसिध्द थिए भन्ने कुरा भारतीय विद्वान साहित्यकार राहुल साङ्कृत्यायनले भारतका महाकवि सुमित्रा नन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निराला मिलाउँदा एकजना देवकोटा बन्छन् भनेर गरेको तुलनालाई अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले उल्लेख गर्नु भयो।
रूसका विश्व प्रसिध्द साहित्यकार चेखोवको स्तर बराबर देवकोटाको साहित्यिक उचाइ रहेको भन्ने चर्चाले पनि देवकोटा नेपाली साहित्य जगतका महान र श्रेष्ठ हस्ती भएको अन्य वक्ताले स्पस्ट पार्दै मुनामदन, पहाडी पुकारबाट रचना वाचन समेत गरिएको थियो।
कवि वसन्त रिजालले भन्नुभयो – ‘देशभरि देवकोटा जयन्ती मनाइरहँदा, देवकोटा सङ्ग्रहालयमा वहाँका अप्रकाशित कृति अझै बाँकी रहेकोमा ध्यान आकृष्ट गर्दै प्रकाशनमा सम्बद्ध निकायको मौनता प्रति असन्तुष्टि पोख्नु भयो। प्रकाशनमा आफू अगाडि बढ्ने प्रतिबद्दता सहित देवकोटा पुत्रसंग सहकार्यको प्रयास गरेको पनि बताउनु भयो।
अच्युत घिमिरेको सञ्चालनमा भएको कार्यक्रमकाे सभापतितब बाजुराम पाैडेलले गर्नुभएको थियोे । विमल अर्याल, मेनका पाेखरेल, निर्मलरमण पराजुली,आलाेक चालिसे,,सुशील आचार्यलगायतले देवकोटासम्बन्धी कवितावाचन गरेका थिए कार्यक्रमकाे अन्त्यमा बाजुराम पौडेलले देवकोटाको योगदान अतुलनीय भएको चर्चा गर्दै सहभागी कवि तथा उपस्थित साहित्यप्रेमी प्रति धन्यवाद ज्ञापन गर्नु भयो।
०००
Subscribe
Login
0 Comments
Oldest





































