साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जगदीश स्मृति पुरस्कार स्रष्टाद्वय पवन आलोक र मीना चौलागाईंलाई

प्रमुख अतिथि मन्थली नगरपालिकाकी उपमेयर ईश्वरी बस्नेतले स्रष्टाद्वयलाई जनही ५१ हजार जनही नगदराशी सहितको ‘जगदीश घिमिरे प्रतिष्ठान’की अध्यक्ष एवं जगदीश घिमिरेकी धर्मपत्नी दुर्गा घिमिरेले सम्मानपत्र अर्पण गरे ।

Nepal Telecom ad

रामेछाप, मन्थली २०८२ माघ ४। साहित्यकार जगदीश घिमिरेको एघारौं स्मृति दिवसको अवसरमा जगदीश घिमिरे प्रतिष्ठान, मन्थली, रामेछापद्वारा आयोजित कार्यक्रममा स्रष्टाद्वय पवन आलोक र मीना चौलागाईंलाई क्रमश: २०८१ र २०८२ सालको ‘जगदीश घिमिरे स्मृति पुरस्कार‘ अर्पण गरियो ।

प्रमुख अतिथि मन्थली नगरपालिकाकी उपमेयर ईश्वरी बस्नेतले स्रष्टाद्वयलाई जनही ५१ हजार जनही नगदराशी सहितको ‘जगदीश घिमिरे प्रतिष्ठान’की अध्यक्ष एवं जगदीश घिमिरेकी धर्मपत्नी दुर्गा घिमिरेले सम्मानपत्र अर्पण गरे ।

कार्यक्रममा पुरस्कृत स्रष्टाहरूको व्यक्तित्व र योगदानको बारेमा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले चर्चा गरे । कार्यक्रममा जगदीश घिमिरे प्रतिष्ठानका सल्लाहकारहरू नगेन्द्रराज शर्मा, रोचक घिमिरे र ज्ञानु पाण्डेले मन्तव्य राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरूले हाल सरकारी स्वामित्वमा रहेको साहित्यकार जगदीश घिमिरे जन्मनुभएको मन्थलीस्थित घरलाई जगदीश घिमिरेको सम्मानमा सङ्ग्रहालयका रूपमा विकसित गरिनुपर्ने धारणा राखेका थिए ।

उपमेयरले नगरपालिकाको धारणा सकारात्मक रहेको बताउँदै यसमा नगरपालिकाले विभिन्न निकायहरूसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।तामाकोशी सेवा समिति, मन्थलीका अध्यक्ष गुञ्जबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्दै शुरू भएको उक्त कार्यक्रममा साहित्यकार माधव शयपत्रीले जगदीश घिमिरेको व्यक्तित्वमाथि चर्चा गर्दै समाजमा पछि पारिएका भुइँमान्छेहरूको पक्षमा सशक्त रूपमा कलम चलाउने घिमिरेको यसरी स्मृति दिवस मनाउनु सकारात्मक भएको बताउँदै रामेछापमा जन्म लिएर राष्ट्रियस्तरमा योगदान पुर्‍याएका अन्य विभिन्न दिवंगत स्रष्टाहरूलाई पनि रामेछाप जिल्लाले यसैगरी स्मरण गरेर सम्मान गर्नुपर्ने धारणा राखे ।

डा.सुमन कर्माचार्यको उद्घोषणमा सञ्चालित उक्त समारोहमा उनैद्वारा लिखित ‘जगदीश घिमिरेको संक्षिप्त जीवनी’ पनि लोकार्पण गरिएको थियो ।  समारोहमा ज्ञानु पाण्डे, हिरालाल आचार्य (अनार बाजे), गङ्गा चापागाईं, गौरव बोहोरा, डा.उमेश घिमिरे, बद्री नयाँघरे, देविकानन्द तिमल्सिना, मधु पाठक, प्रेम घिमिरे, राजेश उपाध्याय, सुषमा आचार्य अंशु, कुमार दाहाल, वसन्त रिजाल, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, प्रतीक घिमिरे, डा. सुमन कर्माचार्य लगायतले रचना वाचन गरेका थिए ।

उक्त अवसरमा ‘साहित्यिक र सामाजिक योगदानमा जगदीश घिमिरेको उपस्थिति’ शीर्षक वक्तृत्व प्रतियोगिता समेत गरिएको थियो । विजयी विभिन्न विद्यार्थीहरूलाई नगद सहित पुरस्कृत गरिएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x