साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वालिङ महोत्सवमा साहित्यिक सांस्कृतिक कार्यक्रम

संयोजक खगेन्द्रप्रसाद अर्यालको अध्यक्षतामा तथा जेष्ठ नागरिक एवम् अग्रज साहित्यकार निलकण्ठ लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

वालिङ्, स्याङ्जा २०८२ माघ २२ । वालिङ् उद्योग वाणिज्य संघ, वालिङ् स्याङ्जा स्थित `वालिङ् महोत्सव´ को नवौँ संस्करणमा साहित्यिक उत्सव, साहित्यिक अभियानमा स्याङ्जाली नारी र भेषजराज साहित्य प्रतिष्ठान वालिङ् स्याङ्जाको संयुक्त संयोजनमा वालिङ् महोत्सवका सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।

संयोजक खगेन्द्रप्रसाद अर्यालको अध्यक्षतामा तथा जेष्ठ नागरिक एवम् अग्रज साहित्यकार निलकण्ठ लम्सालको प्रमुख आतिथ्यतामा जिल्लामा सक्रिय सिर्जनशील स्रष्टाहरूको समुपस्थितिमा भव्य र सभ्य रूपमा `साहित्यिक उत्सव´ कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा दुई दर्जन बढी स्रष्टाले आफ्नो उत्कृष्ट रचना वाचन गरेका थिए । यसरी रचना वाचन गर्नेहरूमा कवि खगेन्द्रप्रसाद अर्याल, निलकण्ठ लम्साल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, चण्डीका प्रसाद भट्टराई, बोधराज न्यौपाने, दमकला बगाले, कमलप्रसाद बगाले, लेखनाथ काफ्ले, अग्निकुमार रेग्मी, भवीश्वर पङ्गेनी, लक्ष्मी काफ्ले, सरस्वती अर्याल काफ्ले, कमला अधिकारी, भोजकुमारी पाण्डे, सावित्री अर्याल, ढालबहादुर केसी, इन्द्रप्रसाद पाठक, डोलराज सुवेदी, विष्णु पङ्गेनी पाण्डे, स्मारिका अर्याल, दिलीप मगर, विप्लव खनाल र वसन्त खनालद्वारा आफ्ना उत्कृष्ट रचना वाचन गरिएको थियो ।

साहित्यिक अभियानमा स्याङ्जाली नारीकी सचिव लक्ष्मी काफ्लेले स्वागत मन्तव्य र भेषजराज साहित्य प्रतिष्ठानका सचिव श्याम ढुङ्गानाले कार्यक्रमको सहजीकरण गरेका थिए ।

०००
वसन्त खनालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x