साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दीपकको कविताकृति ‘हतारमा छन् यात्रीहरु’ लोकार्पित

सुनकोसी वाङमय प्रतिष्ठानद्वारा मंगलबार आयोजित एक कार्यक्रममा प्राज्ञ तथा कवि श्रवण मुकारुङ, निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’, कवि छविरमण सिलवाल, कवि मणि लोहनी, कवि शकुन्तला जोशी, प्रदीप सापकोटा र लेखक दीपक चौलागाईंले गरे ।

Nepal Telecom ad

काठमाडौं। कवि दीपक चौलागाईंको कवितासङ्ग्रह ‘हतारमा छन् यात्रीहरु’ को लोकार्पण भएको छ ।

राजधानीमा सुनकोसी वाङमय प्रतिष्ठानद्वारा मंगलबार आयोजित एक कार्यक्रममा प्राज्ञ तथा कवि श्रवण मुकारुङ, निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’, कवि छविरमण सिलवाल, कवि मणि लोहनी, कवि शकुन्तला जोशी, प्रदीप सापकोटा र लेखक दीपक चौलागाईंले गरे ।

कार्यक्रममा प्राज्ञ मुकारुङले प्रमुख अतिथिको मन्तव्य राख्दै कविताबारे चर्चा गर्दै भने, ‘हाम्रा सिर्जना भनेको कहिल्यै पूर्ण नहुने चिज हो । यो सगरमाथा आरोहण गरेपछि पूर्ण भइजाने एउटा यात्रा हैन । यो यस्तो यात्रा हो कि आफैंले निर्माण गरेको यात्रालाई जीवन रहेसम्म श्रष्टा आफैले नाघ्दै–नाघ्दै नयाँ–नयाँ पर्वत चढिरहने हो ।’

उनले अगाडी भने, ‘कविता मलाई अध्यात्म जस्तो लाग्छ, अध्यात्म अर्थात् आत्माको विज्ञान । यी दुई दर्शन अन्तरसम्बन्धित छन् । अध्यात्म छ र भौतिक विज्ञानबारे बहस गर्न सक्छौं, भौतिक विज्ञानको विकास भयो र हामी अध्यात्मको पनि छलफल गर्न सक्छौं । दीपकजीका कवितामा यी दुवै दर्शनका अन्तरघुलित प्रतिबिम्ब प्रयोग भएका छन् र कविता शक्तिशाली तथब मिठो वोध हुन्छ । भौतिक विज्ञानको अनेक खोज र ज्ञानलाई कविताको इलिमेन्ट्सका रुपमा उहाँको प्रयोगले नेपाली कविताको क्षेत्रमा पाठकले फरक शैलीको कविता पाएका छन् ।’

कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै कवि मणि लोहनीले चौलागाईँका अनुभवले खारिएका कविता नेपाली पाठकले पाएको बताए । वर्तमान समयको साक्षि बोल्ने कवितामा मृत्युचेतबारे निकै मिठो बिम्बहरु संगालिएको पनि उल्लेख गरे । उनले भने, ‘एउटा अनुभवी कविको नयाँ तर शक्तिशाली कवितासंग्रह हो – हतारमा छन् यात्रीहरु । विज्ञान र जीवनलाई जोडेर लेखिएका यसभित्रका कविताहरुले आम नेपालीको संवेदनालाई प्रष्ट्याएको छ ।’

कवितामाथि टिप्पणी गर्दै कवि शकुन्तला जोशीले पूर्वीय वैदिक दर्शन, द्वन्द्वात्मक भौतिकवादी दर्शनचेत हुँदै भौतिक विज्ञानको खासगरी क्वान्टम सिद्धान्त जस्तो सूक्ष्म विज्ञानको गहिरो र दुर्लभ बुझाईको सरल प्रयोग भएको बताइन् । ‘ब्रम्हाण्ड र जीवन जगतलाई हेर्ने भिन्न तर समरुपका वैश्विक दार्शनिक क्यान्भासमा कविता लेख्नु कवि चौलागाईँको विशिष्ट काव्विक क्षमता भएको हो । नेपाली कविताका पाठकमाझ ‘हतारमा छन् यात्रीहरु’ कृतिले इन्द्रिेणी जस्तो सौन्दर्यसहितको नविन शैली पस्केको छ ।’

कार्यक्रममा निबन्धकार श्रीओम श्रेष्ठ रोदनले जीवनका विभिन्न आयाम र भौतिक विज्ञानलाई समेत यस्तो सरल शैलीमा कविता लेख्नु कविको उत्कृष्ट काव्यशैली भएको बताए । कविताप्रतिको प्रेमकै कारण प्रतिष्ठानले स्थापनाको एक वर्ष नपुग्दै चार ओटा कविता कृति प्रकाशित गरेको संस्थाका अध्यक्ष छविरमण सिलवालले बताए । कवि तथा आफ्ना गुरुसमेत रहेका चौलागाईँका कवितामा सुनकोशी र रोशीको सांस्कृतिक बिम्ब रहेको निबन्धकार प्रदीप सापकोटाले बताए ।

कार्यक्रममा कवि डा.अनन्त अधिकारी र रुपा रिसालले लोकार्पित संग्रहबाट कविता वाचन गरेका थिए ।

कविका गुरु पूर्व क्याम्पस प्रमुख चूडाप्रसाद चौलागाई, राधेश्याम लेकाली, प्रमोद प्रधान, शंकर भारती, पवन आलोक, वसन्तराज अज्ञात,लक्ष्मी रुम्बा, तुलसीहरि कोइराला लगायतको सहभागिता सम्पन्न कार्यक्रमका सहजीकरण प्रदीप सापकोटा र स्वागत पूर्णबहादुर श्रेष्ठले गरेका थिए ।

६ खण्डमा विभक्त ३८ वटा कविता संग्रहित कृतिलाई सुनकोशी वाङमय प्रतिष्ठानले प्रकाशन गरेको हो ।

०००
प्रदीप सापकाेटाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x