फित्काैली डटकमचाँगुनारायण साहित्यिक समाजकाे रचनावाचन कार्यक्रम

भक्तपुर । चाँगुनारायण साहित्यिक समाजकाे “नियमित रचना वाचन तथा नारी दिवस विशेष” कार्यकम सम्पन्न भएकाे छ ।
भक्तपुरस्थित एभरेष्ट इङलिस स्कुलकाे सभाकक्षमा सम्पन्न कार्यकमकाे प्रमुख आतिथ्य, एभरेष्ट स्कुलका प्रिन्सिपल, भक्त राजभण्डारीले गर्नु भएकाे थियाे ।
राष्ट्रियगान पछि, संस्थाकै आजीवन सदस्य बसन्ती भुजेलबाट स्वागत भाषण भएकाे थियाे । रचना वाचन गर्ने स्रष्टाहरूमा प्रजापति तिमिल्सिना, राजेन्द्रकुमार बज्राचार्य, केशवप्रसाद रूपाखेती, रामशरण न्याैपाने, प्रमुना पाैडेल “सानी”, यम.पी. पाण्डे, शालिकराम दाहाल, पदम दाहाल, जीवनाथ अधिकारी, सरू पाेखरेल, श्रीबहादुर के.सी. “शैलुङ्गे “, दुर्गा घिमिरे, प्रविणा पल्लवी, राजकुमार श्रेष्ठ, बिनाेद खडका, निरञ्जन मल्ल ठकुरी, दीननाथ पाेखरेल, केशव ज्ञवाली “आगत”, श्याम माकजु, सन्तेष भुजेल, कुमार लघु, राजेशमान के.सी., वसन्ती भुजेल, कृष्णप्रसाद पाैडेल, धरणीधर गुरागााई लगायत हुनुहुन्थ्याे ।
स्रष्टा सम्मानकाे क्रममा, डा. सीता सुवेदी (पन्थी) लाई “नारी दिवस विशेष” पारेर सम्मानित एवम् पुरस्कृत गरिएकाे थियाे भने साेही अवसरमाा डा. इन्दुल के.सी. र शङ्कर मानन्धरलाई सम्मानित गरिएकाे थियाे ।
उक्त कार्यक्रममा, प्रमुख अतिथि लगायत सबै सम्मानितहरूले आ-आफ्नाे धारणा राख्नु भएकाे थियाे । उक्त कार्यक्रमकाे सञ्चालन संस्थाका सदस्य धरणीधर गुरागाइले गर्नु भएकाे थियाे भने अध्यक्षले सम्पूर्णमा आभार र धन्यवाद ज्ञापन गरी कार्यक्रम बिसर्जन गर्नु भएकाे थियाे ।
०००
Subscribe
Login
0 Comments
Oldest








































