साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कथाकार माया ठकुरी र निनु चापागाईंलाई योगमाया राष्ट्रिय सम्मान अर्पण

कार्यक्रममा योगमाया न्यौपानेको बारेमा लेखिएका लेख रचनाहरुको संगालो ‘योगमाया इतिहासदेखि बर्तमानसम्म’ को लोकार्पण गरियो । यो कृतिका सम्पादक प्रदीप सापकोटा हुन् ।

Nepal Telecom ad

काठमाडौँ। योगमाया दिवसको अवसरमा योगमायाका नामका दुई सम्मानहरु समर्पण गरियो । नेपाल स्रष्टा समाजद्धारा आयोजित कार्यक्रममा ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’द्धारा अग्रज कथाकार माया ठकुरी र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ बाट निनु चापागाईँ सम्मानित भए ।

उक्त सम्मानहरु अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, श्रीओम श्रेष्ठ ‘रोदन’पवन आलोक,रेखा कँडेल राजेश न्यौपाने लगायतले समर्पण गरे । यी दुबै सम्मानमा नगदराशी ५० हजार एकसय एक रुपैयाँ सहित सम्मानपत्र रहेको छ ।

प्रमुख अतिथि रोचक घिमिरेले सम्मान अर्पण गर्दै भने,’निरंकुशताका विरुद्ध संघर्ष गर्ने योगमाया विलक्षण व्यक्तित्व थिइन्। सबला नारीको रुपमा उनले समाजका विकृति विरुद्ध खेलेको भूमिका अतुलनिय छ । आज सम्मान पाउने उचित पात्रको चयन गरेर नेपाल स्रष्टा समाजले आफैं सम्मानित भएको छ । नेउपाने बन्धु समाज,संस्थापकहरु प्रति धन्यवाद । सम्मानितद्धयलाई बधाई ।’

यसैगरी सोही कार्यक्रममा योगमाया न्यौपानेको बारेमा लेखिएका लेख रचनाहरुको संगालो ‘योगमाया इतिहासदेखि बर्तमानसम्म’ को लोकार्पण गरियो । यो कृतिका सम्पादक प्रदीप सापकोटा हुन् ।

सम्मानित स्रष्टा ठकुरीले पुरस्कार पाउँदा गौरवान्वित महसुस गरेको बताईन् । उनी आफ्नो बाल्यकालतर्फ फर्केर नोष्टाल्जिक पनि भइन् ।

अर्का सम्मानित व्यक्तित्व चापागाईँले दुरीको हिसावले योगमाया र आफु जन्मेको ठाउँ धेरै टाढा नभएपनि धेरै पछि मात्र योगमायाको बारेमा थाहा पाएको भन्दै उनले भने,’ योगमायाको बारेमा अझै धेरै कुरा खोजी हुुनुपर्छ । उनी क्रान्तिकारी कवि थिइन् त्यसैले उतिबेला नेपालको कानून,राजनीतिको बारेमा प्रश्न उठाउन सकिन् ।’ पुरस्कार संस्थापक पवन आलोकले योगमायाको योगदानको चर्चा गरे ।

अर्का संस्थापक राजेश न्यौपानेले योगमायाको योगदान आजपनि उत्तिक्कै सान्दर्भिक भएको बताए ।

सम्मानित व्यक्तित्वहरुको बारेमा इल्या भट्टराईले चर्चा गरिन् । चर्चाको क्रममा माया ठकुरी हिजो रेडियो खर्साङ र रेडियो नेपालमा गायिका रहेको पनि बताइन । उनका कृतिहरु भारतका विभिन्न विश्वविद्यालय र नेपालका विद्यालय तहका पाठ्यक्रममा रहेको पनि उनले जानकारी दिइन ।

यसैगरी चापागाईँ साहित्य र राजनीतिमा संगै हिड्न सक्ने क्षमता भएको व्यक्तित्वको रुपमा उनको चर्चा गर्दै राल्फाली आन्दोलन र समालोचनाको क्षेत्रमा उनको योगदान बारे जानकारी दिइन ।

न्यौपाने बन्धु समाज नेपालका अध्यक्ष बलराम न्यौपानेले योगमायाका योगदानहरुको प्रचार प्रसार गर्न र राष्ट्रिय विभूति घोषणा गर्न आफुहरु लागि परिरहेको जानकारी दिंदै सम्मानित व्यक्तिद्धयलाई बधाई दिए । उनले आज लोकार्पित कृतिले योगमायाको योगदानको चर्चा सबै सामु पुग्ने आशा समेत व्यक्त गरे ।

गायिका भट्टराईले योगमायाका वाणी आजको सन्दर्भमा पनि उत्तिक्कै सान्दर्भिक रहेको विचार व्यक्त गरिन् । कार्यक्रममा योगमाया रचित गीति भिडियो पनि प्रस्तुत गरियो । जसमा संगीत र स्वर गायिका लोचन भट्टराईको रहेको छ ।

अतिथिको रुपमा नेपाल स्रष्टा समाजका सल्लाहकार प्रा.डा.लक्ष्मणप्रसाद गौतम, पूर्व अध्यक्ष चन्द्रप्रसाद भट्टराई, विधान आचार्य, रमा शर्मा, वागमती प्रदेश संयोजक शंकर भारती, कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, गण्डकी प्रदेश अध्यक्ष रिता न्यौपाने लगायत रहेका थिए ।

सह -आयोजक न्यौपाने बन्धु समाज नेपाल रहेको कार्यक्रम समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’ रोदन’को अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा गोपिकृष्ण न्यौपानेले धन्यवाद ज्ञापन गरे ।

प्रदीप सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा प्रकाश घायलले स्वागत मन्तव्य राखे । योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानका संस्थापक पवन आलोक हुन् हालसम्म यो सम्मानबाट विभिन्न १८ जना व्यक्तिहरु सम्मानित भैसकेका छन् । यसैगरी योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानबाट ९ जना सम्मानित भैसकेका छन् भने यसका संस्थापक राजेश न्यौपाने लगायत छन् ।

स्मरणीय छ,नेपाल सष्टा समाजले केही वर्षदेखि न्यौपाने बन्धु समाज नेपालको सहकार्यमा योगमाया स्मृति दिवसमा विभिन्न कार्यक्रम गरी मनाउँदै आइरहेको छ ।

०००
प्रदीप सापकाेटाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x