सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
अशेष मल्ल नारायणदेवी र खगेन्द्र प्रधानाङ्गका सुपुत्र अशेष मल्ल २०११ चैत्र २१ गते कोप्चे, धनकुटामा जन्मिनुभएको हो । नेपाली विषयमा स्नातकोत्तर मल्ल हाल ज्ञानेश्वर, काठमाडौं बस्नुहुन्छ । आफ्नो सक्रिय जीवन प्राध्यापन र नाट्यक्षेत्रमा समर्पित मल्लको पहिलो नाटक ‘ध्रुव’ (२०२०) प्रकाशित भएको थियो । उहाँको ‘विसङ्गति’ (कथा, २०२८), ‘तुँवालोले ढाकेको बस्ती’ (नाटक, २०४१) लगायत दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । ने.रा.प्र.प्र. कविता महोत्सव - द्वितीय पुरस्कार (२०३७), सर्वश्रेष्ठ नाटककारका रूपमा पुरस्कृत (ने.रा.प्र.प्र. नाटक महोत्सव २०३८ र २०४१) लगायत अन्य थुप्रै सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत हुनुहुन्छ । सम्पर्क : ९८४१४४८६२४
घोषणापत्र

घोषणापत्र

निर्वाचन पछि सदाकालागि पुस्तकभित्रै कैद र पुन अर्को चुनावका संघारमा बग्रेल्ती अक्षरहरू झण्डा बोकेर आउने शब्दजालको

पुरा पढ्नुहाेस्