सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

घोषणापत्र

नदी किनारमा केटाकेटीले बनाएको वालुवाको घर क्षणभरको रहर । चुनाउको मौसम छ यतिखेर राजनीतिको खेतीमा घोषणा पत्रका वालाहरू लहलह झुलिरहेछन् ।

Nepal Telecom ad

निर्वाचन पछि
सदाकालागि
पुस्तकभित्रै कैद
र पुन
अर्को चुनावका संघारमा
बग्रेल्ती अक्षरहरू
झण्डा बोकेर आउने
शब्दजालको पुलिन्दा हो
घोषणाा पत्र
घोषणापत्र भनेकै
अक्षरहरूका जादूगरी वयान
हर चुनाव पछि कैदखानामा
बन्द हुन सिर्जिएका
अघोषित बकपत्र
घोषणा पत्र भनेकै
पल्टाएर पढ्न
फुर्सद नपाएर
ढुसी परेका
अक्षरहरूको एउटा
बेनामी बहिखाता
सपनाहरूको अनाम थैली
बदनाम गीतहरूका
व्यर्थका अलाप
आकाशका तारा
खस्ला कि खस्ला कि
सँधैको मीठो भ्रम
र कहिल्यै बाली नलाग्ने
कागजको खेती
घोषणापत्र भनेकै
नदी किनारमा
केटाकेटीले बनाएको
वालुवाको घर
क्षणभरको रहर ।
चुनाउको मौसम छ यतिखेर
राजनीतिको खेतीमा
घोषणा पत्रका वालाहरू
लहलह झुलिरहेछन् ।

०००
काठमाडौंं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल