साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घोषणापत्र

नदी किनारमा केटाकेटीले बनाएको वालुवाको घर क्षणभरको रहर । चुनाउको मौसम छ यतिखेर राजनीतिको खेतीमा घोषणा पत्रका वालाहरू लहलह झुलिरहेछन् ।

Nepal Telecom ad

निर्वाचन पछि
सदाकालागि
पुस्तकभित्रै कैद
र पुन
अर्को चुनावका संघारमा
बग्रेल्ती अक्षरहरू
झण्डा बोकेर आउने
शब्दजालको पुलिन्दा हो
घोषणाा पत्र
घोषणापत्र भनेकै
अक्षरहरूका जादूगरी वयान
हर चुनाव पछि कैदखानामा
बन्द हुन सिर्जिएका
अघोषित बकपत्र
घोषणा पत्र भनेकै
पल्टाएर पढ्न
फुर्सद नपाएर
ढुसी परेका
अक्षरहरूको एउटा
बेनामी बहिखाता
सपनाहरूको अनाम थैली
बदनाम गीतहरूका
व्यर्थका अलाप
आकाशका तारा
खस्ला कि खस्ला कि
सँधैको मीठो भ्रम
र कहिल्यै बाली नलाग्ने
कागजको खेती
घोषणापत्र भनेकै
नदी किनारमा
केटाकेटीले बनाएको
वालुवाको घर
क्षणभरको रहर ।
चुनाउको मौसम छ यतिखेर
राजनीतिको खेतीमा
घोषणा पत्रका वालाहरू
लहलह झुलिरहेछन् ।

०००
काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x