जनककुमारी र गजकेशरी अधिकारीका सुपुत्र क्षेत्रप्रताप अधिकारीको जन्म १९९९ चैत्र १२ गते बैयापानी, तनहुँमा भएको हो । अर्थशास्त्र विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा हासिल गरेका अधिकारी राजनीतिक कर्ममा पूर्वमन्त्रीसम्म पुगेका थिए । साझा प्रकाशनको महाप्रबन्धक पद सम्हालेका अधिकारी २०१६ सालबाट ‘जानुभयो देवकोटा कवि नेपालीलाई टुहुरो पारेर’ शीर्षकको पर्चा गीत मार्फत लेखनमा प्रवेश गरेका हुन् । उनको पहिलो कृतिको रूपमा २०२४ सालमा ‘रहर लागेर’ कवितासङ्ग्रह प्रकाशित भएको थियो । उनका ‘गामबेसीको गीत’ (२०३४), ‘पहाडदेखि पहाडसम्म’ लगायत आधादर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । उनलेले छिन्नलता गीत पुरस्कार (२०५३), साझा पुरस्कार (२०५३) लगायत थुप्रै साहित्यिक पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । अधिकारीको २०७० चैत्र ३० गते आइतबार निधन भएको थियो।
बूढी आमा र सम्वाददाता
(दिवङ्गत अधिकारीको स्मृतिमा उहाँकै कविता) भात खानुभयो ?चामल छैन ।रोटी खानुभयो ?कोदो छैन ।के खानुभयो
पुरा पढ्नुहाेस्

chhetrapratap adhikari

























