साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बूढी आमा र सम्वाददाता

Nepal Telecom ad

(दिवङ्गत अधिकारीको स्मृतिमा उहाँकै कविता) 

 

भात खानुभयो ?
चामल छैन ।
रोटी खानुभयो ?
कोदो छैन ।
के खानुभयो त ?
केही पनि खाछैन ।

कसरी बाँचिन्छ त नि ?
गरिबी दिएका छन्
त्यै खाएर बाँचिरहेछु
अर्थात् ?
अर्थात् मरिरहेछु ।

गाउँमा के पाइन्छ त ?
रोग,
भोक,
शोक,
सबैथोक पाइन्छ ।
बरु के पाइँदैन,
त्यो सोध न !
के पाइँदैन आमा ?
शान्ति ।

छोरा छैनन् ?
थिए,
बाह्र छोरा तेह्र नाति
बूढीको भारी काँधैमाथि ।
अर्थात् ?
अर्थात् –
जेठो इराक गयो,
कान्छो माओवादी भयो ।

छोरी छैनन् ?
जेठी मङ्गलसेनमा मरी
कान्छी बम्बैतिर झरी ।
श्रीमान् नि ?
कार्गीलबाट फर्केनन् ।
अब के गर्ने त ?
काल पर्खिरहेछु ।

अरु केही भन्नु छ आमा ?
छ, भन्नु छ –
‘म मरे पनि,
मेरो देश बाँचिरहोस्’
भन्नु छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x