साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुत्तरित प्रश्न

Nepal Telecom ad

“बुबा ! त्यो सिंहदरबार, त्यो सर्वोच्च अदालत, त्यो कृषि विकास बैँक …।”
“हँ ?” बूढाले ठूला घरका नाम पहिलोपटक सुने, तुरुन्तै बिर्सिए । बुढयौलीले अनुहारमा मुजा परेका बृद्धलाई कालो इस्टकोट, सेतो कछाड र भादगाउँले टोपीले ‘गाउँले’ हुनुको परिचय दिएको थियो ।

“बुबा ! त्यो बबरमहल, त्यो केशरमहल, त्यो एभरेस्ट होटेल…”
“ए…”, बूढाले पसिना पुछ्दै उत्सुकताविहीन जवाफ दिए ।

“त्यो नौ तले दरबार, त्यो विशाल बजार, त्यो वातानुकूलित भवन, त्यो काठमाडौं प्लाजा … ।”
यसपटक बूढालाई असाध्यै गर्मी भयो र बसको झ्यालतिर टाउको फर्काए । केहीबेरपछि बाग्मती पुलमुनि अभावले छाएका सुकुम्बासीका साना छाप्राहरू देखेर बूढालाई आफ्नो गाउँको सम्झना आयो, घरको अज्ञात नियास्रोले आँखा रसायो ।

“मा…माइला ! त्यो हाम्रो घरजस्तो सानो झुप्रो कसको हो ?”
“हँ ?” छोराको मुखबाट प्रतिध्वनित परावर्तित भयो ।
“त्यो हाम्रो घरजस्तो सानो झुप्रो कसको हो हँ ?”

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
चोरहरु

चोरहरु

कृष्ण उफान
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x