साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झापामा दुई प्रतिभा सम्मानित

Nepal Telecom ad

सुसेली साहित्य परिवार काकरभिट्टाले एक भव्य र सभ्य साहित्यिक कार्यक्रमका बिच दुईजना नारी प्रतिभाहरूलाई सम्मान गर्नुका साथै ‘सुसेली’ अङ्क १३ लोकार्पण गरेको छ । मेची क्याम्पस भद्रपुरका सह प्राध्यापक शुभलक्ष्मी राईको प्रमुख आतिथ्य, चूडामणि रेग्मी, श्रीमती वेदकुमारी रेग्मी, प्राज्ञ यज्ञराज प्रसाईं, रोहिणिविलास लुईंटेल र चन्द्र भण्डारीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा ‘सुसेली’ अङ्क–१३ (कथा अङ्क) को प्रमुख अतिथि तथा विशिष्ट अतिथिले लोकार्पण गरेका थिए ।

सुसेली साहित्यिक परिवार काकरभिट्टाले प्रकाशन गरेकोसङ्ग्रहको समीक्षा मेची क्याम्पसका सह प्राध्यापक चूडामणि वाशिष्ठले गरेका थिए । सोही कार्यक्रममा भद्रपुर निवासी अग्रज साहित्यकार तथा भाषाविद् चूडामणि रेग्मी र वेदकुमारी रेग्मीले रु १,००,०००/– (एकलाख) राशीको अक्षय कोष सुसेली साहित्य परिवारको नाममा गतसाल स्थापना गरिदिएको अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष एकजना कर्मठ महिलालाई पुरस्कृत गरिने प्रावधान अनुसार उक्त पुरस्कारबाट पहिलो पटक यस वर्ष मेचीनगर–११ निवासी फूलमुनी उराउलाई नगद राशी रु.१०,१००। (दश हजार एकसय) सहित सम्मान गरिएको छ ।

त्यसैगरी सुसेली साहित्य परिवारले प्रत्येक वर्ष प्रदान गर्दै आएको सुसेली प्रतिभा पुरस्कारबाट मेचीनगर– ४ निवासी विमला चिमरियालाई नगद राशी रु ११,००० (एघार हजार) सहित सम्मान गरिएको छ । सम्मानित प्रतिभाहरूमध्ये फूलमुनी उराउको परिचय कल्पना ओली सिटौला र विमला चिमरियाको परिचय केन्द्र प्रसाद भट्टराईले गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि शुभलक्ष्मी राई,चन्द्र भण्डारी, रामचन्द्र उप्रेती, तेजराज खतिवडा (तेराख), कृष्ण प्रसाद उप्रेती, प्राज्ञ यज्ञराज प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए । यसैगरी कविहरू हरि प्रसाद न्यौपाने, मुनाराज शेर्मा, हरि वराल, विरही अधिकारी, कोमल प्रसाद पोखरेल, होम सुवेदी, जय निरौला, खगिन्द्रा खुसी, सम्मानित प्रतिभा विमला चिमरिया लगायतले कविता, गजल, गीत प्रस्तुत गरेका थिए । सुसेली साहित्य परिवारका अध्यक्ष आख्यानकार पुण्य प्रसाद खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष केन्द्र प्रसाद भट्टराईले र संचालन सचिव कनक कार्कीले गरेका थिए । कार्यक्रममा मातृका सङ्ग्रौलाले बाँसुरीको धुन बजाएर सहभागीहरूलाई नचाएका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x