साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के छैन नेपालमा ?

Nepal Telecom ad

नेपालै भरमा असंख्य–विविधा देवी र द्यौता छ रे !
देवी रूप अनेक पूज्य छ यहाँ आकाश देवी छ रे !!
द्यौतामा पनि मान–सान बढिया ब्रम्हा र बिष्णोत्तम !!!
रूद्रै तेत्तीस कोटि सर्व पुजिने के छैन नेपालमा ? !!!!

यिन्का पूजन–दान–ध्यान विधिमा पण्डित् पुजारीहरू ।
स्वर्गै लान भट्याउँछन् समयमा जोगी(महात्मा अरु ।।
वेदै चार् उपवेद चार अझ ती अठ्ठार पूराणमा !
स्वर्गै–मर्त्य–नरक् बयान गरिने के छैन नेपालमा ? !!

गर्दा ध्यान–पुजा र दान–हवनै मुक्तिन्छ रे लोकमा !
हाम्रा पाप–कुकर्म दान बलले चुक्तिन्छ रे लोकमा !!
जोगी–पण्डितले पुजारिहरूले जिम्मा लिने यो यहाँ !!!
धेरै दान गरे त स्वर्ग पुगिने के छैन नेपालमा ?!!!!

प्रेतादी र मसान भूत छ यहाँ बोक्सी पिशाचै अति !
राक्षस्–वीर र पूर्बिया दुख दिने यस्ता कति छन् कति !!
मुर्कुट्टा–पचभै र राँकिभुत छन् बेत्ताल–बायू यहाँ !!!
ढ्याङ्ग्र्रो–आखतले भगाउँछ सबै के छैन नेपालमा ? !!!!

पाखा नाग–पधेरिमा रहि सधैं लाग्नेछ नागैहरू !
राहू–केतु–शनिश्चरै ग्रह अझै उल्का र सुल्का अरु !!
साँढेसात र कूलदेव रिसले क्या दुख दिन्छन् यहाँ !!!
यिन्को मुक्ती दिने त झाँक्री छ यहाँ के छैन नेपालमा ? !!!!

छैटौंका दिन भाबि आइ लिखने जीवन्–लिला सब् अरे !
मर्ने, जन्म पनि सधैं भइरने सर्बत्र ईश्वर् छ रे !!
श्राद्धै–तर्पण–दान गरेर किरिया मुक्तिन्छ यो लोकमा !!!
तार्ने ठेक लिने पुरेतहरू छन् के छैन नेपालमा ? !!!!

प्रशिद्धै छ नि देश विश्व भरमा ज्यूँदा छ द्यौताहरू !
राजा देवरुपी र साहु–गुरु औ पण्डित् पुजारी अरु !!
गाई–भाइ–कुमारी–गोरु–कुकुरै पूजिन्छ द्यौता यहाँ !!!
ज्यूँदादेव भएकी देश छ अझै के छैन नेपालमा ? !!!!

गैंडा–खाग र रक्तचन्दन, जडी चौंरी र कस्तूरिको !
हस्तीहाड र देव–मूर्ती गजुरै गाँजा चरेसादिको !!
यार्सागुम्बु र जंगलै जडिबुटी आमूल्य बस्तू यहाँ !!!
नेता तस्कर बन्छ, बच्छ सहजै के छैन नेपालमा ? !!!!

नलाङ– ७ बैरेनी, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
लागेर के हुन्छ र ?

लागेर के हुन्छ र...

शालिग्राम अर्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x