साइबर अपराध सम्बन्धी सचेतना सामग्री
वि.सं.१९९३ चैत्र २९ गते माता खिलेश्वरीदेवी र पिता पीताम्बर रेग्मीका ११ सन्तानमध्ये कान्छो सन्तानका रूपमा संखुवासभा अन्तर्गत वानामा जन्मिनु भएका चूडामणि रेग्मीको कर्मथलो झापा हो । हाल रेग्मीको बसोवास झर्रो नेपाली घर चन्द्रगडीमा रहेको छ । २०१७ सालमा चैनपुर कलेजबाट प्राध्यापन सुरु गरेका रेग्मीले २०२१ देखि २०५५ सम्म निरन्तर रूपमा मेची क्याम्पस भद्रपुरमा प्राध्यापन गर्नु भयाे । रेग्मी सो क्याम्पसका संस्थापक प्राध्यापक पनि हुनुहुन्छ । २०१२ पूर्व नै साहित्य यात्रामा प्रवेश गर्नुभएका रेग्मी वि.सं.२०१३ देखि बनारसबाट प्रकाशित छात्रदूत पत्रिकाको सम्पादन कार्यमा समेत संलग्न हुनुहुन्थ्याे । उहाँका एक दर्जनभन्दा बढी विभिन्न विधाका कृतिहरू प्रकाशित छन् । छात्रदूतका अतिरिक्त युगज्ञान, जुही, यथार्थ कुरा जस्ता पत्रिकाका सम्पादक रेग्मी झर्रो नेपाली आन्दोलनका सहयात्री र प्रयोक्ता पनि हुनुहुन्छ। रेग्मीका हास्यव्यङ्ग्य अन्तर्गत ‘गफडीका गफ’ (२०६३), ‘गजवाष्टक’ (१००८ कविता २०५१), ‘अरे ! उदेक लाग्दा कुराहरू’ (२०५६), र ‘दृष्टि र सृष्टि छ्यास्मिस’ (२०६९) जस्ता हास्यव्यङ्ग्यका साथै अन्य दर्जनौँ कृतिहरू प्रकाशित छन् ।
लफडाष्टक–२

लफडाष्टक–२

१ नेताहरू सडकको राजनीति हान्छन्चूमरे त बेकुरेको सधैं भान्सा कुर्छन् २.कैयौँ यहाँ गोप्य खेती फपाउन कुध्छन्चूमरे

पुरा पढ्नुहाेस्