साइबर अपराध सम्बन्धी सचेतना सामग्री
वि.सं.१९९३ चैत्र २९ गते माता खिलेश्वरीदेवी र पिता पीताम्बर रेग्मीका ११ सन्तानमध्ये कान्छो सन्तानका रूपमा संखुवासभा अन्तर्गत वानामा जन्मिनु भएका चूडामणि रेग्मीको कर्मथलो झापा हो । हाल रेग्मीको बसोवास झर्रो नेपाली घर चन्द्रगडीमा रहेको छ । २०१७ सालमा चैनपुर कलेजबाट प्राध्यापन सुरु गरेका रेग्मीले २०२१ देखि २०५५ सम्म निरन्तर रूपमा मेची क्याम्पस भद्रपुरमा प्राध्यापन गर्नु भयाे । रेग्मी सो क्याम्पसका संस्थापक प्राध्यापक पनि हुनुहुन्छ । २०१२ पूर्व नै साहित्य यात्रामा प्रवेश गर्नुभएका रेग्मी वि.सं.२०१३ देखि बनारसबाट प्रकाशित छात्रदूत पत्रिकाको सम्पादन कार्यमा समेत संलग्न हुनुहुन्थ्याे । उहाँका एक दर्जनभन्दा बढी विभिन्न विधाका कृतिहरू प्रकाशित छन् । छात्रदूतका अतिरिक्त युगज्ञान, जुही, यथार्थ कुरा जस्ता पत्रिकाका सम्पादक रेग्मी झर्रो नेपाली आन्दोलनका सहयात्री र प्रयोक्ता पनि हुनुहुन्छ। रेग्मीका हास्यव्यङ्ग्य अन्तर्गत ‘गफडीका गफ’ (२०६३), ‘गजवाष्टक’ (१००८ कविता २०५१), ‘अरे ! उदेक लाग्दा कुराहरू’ (२०५६), र ‘दृष्टि र सृष्टि छ्यास्मिस’ (२०६९) जस्ता हास्यव्यङ्ग्यका साथै अन्य दर्जनौँ कृतिहरू प्रकाशित छन् ।
लफडाष्टक

लफडाष्टक

१सामन्तका छोराछोरी आन्दोलने भएनेपालमा यस्तो बिघ्न अचम्म भो कैले ? २अराष्ट्रिय तत्व’ भन्ने मण्डले नै चम्के

पुरा पढ्नुहाेस्
महाभाषणाष्टक

महाभाषणाष्टक

चुटौँ गफ ! ठोकौँ ठोकौँ भाषण हे ठोकौँ ! भारत होस् ! नेपाल होस् ! खेती

पुरा पढ्नुहाेस्
छक्कै पर्न थाले !

छक्कै पर्न थाले !

१. ऋषि खोज्ने खोज्दै रहे ! ऋषिपुत्र जागे ! निष्पक्षको जुग गयो ! मुखै फोर्न थाले

पुरा पढ्नुहाेस्
लुखुर् लुखुर् लुखुरास्टक

लुखुर् लुखुर् लुखुरास्टक

१. राजा आए ! मन्त्री आए ! जर्नेल नै आए ! कवि भए ! यी बुढा

पुरा पढ्नुहाेस्
गफास्टक

गफास्टक

१– जयन्ती त यो पाला झैं सधैं आओस् आहा ! अरुलाई अच्छेता हँ ! गम्म गोजी

पुरा पढ्नुहाेस्
लफडास्टक

लफडास्टक

१. पत्रिका त छापेछौ नै पुछपाछ पार्छन् घाटाहरू राख्ने भएधे कुन दिन मार्छन् । २. तैँले बोले

पुरा पढ्नुहाेस्
हामी भाले र पोथी

हामी भाले र पोथी

हामी भाले र पोथी सँग सँग गुँडमा भव्य प्रासाद ठानी । पानी होस् ! घाम जे

पुरा पढ्नुहाेस्
दुई छन्दोवद्ध ठोक्तक

दुई छन्दोवद्ध ठोक्तक

१. कवि हुँ ! टुप्पी विक्तछ विक्छ ! तालु यदि नै खुइलिन्छ खुइल्योस् छिटै ! भन्छन्

पुरा पढ्नुहाेस्
विद्वान् बनियाँ

विद्वान् बनियाँ

यो केन्द्र सारै अति साङ्ग्रिए छ अस्वास्थ्यकारी स्थल नै भए छ ! जम्मै यहाँ थुप्रिनु थुप्रिए

पुरा पढ्नुहाेस्
प्राज्ञास्टक

प्राज्ञास्टक

‘लौ ! लौ ! आयो प्राज्ञ बन्ने सिजन यो बेला !’छब्बिसे त नाप्यो लागे ! छैनन्

पुरा पढ्नुहाेस्