दुई छन्दोवद्ध ठोक्तक
१. कवि हुँ !
टुप्पी विक्तछ विक्छ ! तालु यदि नै खुइलिन्छ खुइल्योस् छिटै !
भन्छन् मूर्ख ! गँवार ! हुस्सु ! विचरा ! जे नै लछारुन् सवै !
भित्री फुट्दछ भावना सव कुरा बिर्सेर नै लेखनी
डट्छे ! वास्तवमा म होइन कुनै फाड्के ! हुँ पक्को कवि !
२. महाभय
आजै विघ्न हुने महाभय उठ्यो ! मुस्लो बनी धूमको
आशङ्का क्षणमै घुमेर नभमा फैलेर ढाक्दै गयो
यत्रो विघ्न विशाल यो क्षितिजमा साथी हुने मृत्यु भो !
हामीमा यतिविघ्नको भय दिने विध्वंस मुस्लो बढ्यो !
झर्रो नेपाली घर, चन्द्रगढी