साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोजे र मालिक

Nepal Telecom ad

भोजेको बानीनै थियो मालिकले राखेको ह्वीस्की दुई चार पेग मादिर्ने । अनि त्यसमा पानी थपेर बराबर बनाएर राखिदिने । यो क्रम चलिरहेको थियो ।
मालिकलाई शङ्का लाग्यो भोजेप्रति । अति भएपछि एकदिन मालिकले भोजेलाइ बोलाएछ ।
मालिक– “भोजे !”
भोजे (भान्छाबाट)– “हजुर मालिक !”
मालिक– “ल भन्, कसले मेरो ह्वीस्की खाँदै त्यसमा पानी थप्दै राखिदिन्छ ?”
भान्छाबाट केही जवाफ आउँदैन ।

फेरि,
मालिक– “भोजे !”
भोजे (भान्छाबाट)– “हजुर मालिक !”
मालिक– “ल भन, कसले मेरो ह्वीस्की खाँदै त्यसमा पानी थप्दै राखिदिन्छ ?”
भान्छाबाट फेरि पनि केही जवाफ आउँदैन ।

मालिक रिसाएर भान्छातिर जान्छ र भोजेलाई मार गाली गर्छ ।
मालिक– “के पारा हो तेरो ? नाम लिँदा हजुर मालिक भन्छस्, अनि मैले सोधेको प्रश्नको जवाफ चै दिँदैनस् ?”
भोजे– “मालिक यो ठाउँ नै यस्तै छ, आफ्नो नाम मात्र सुनिन्छ । पछि भनेको कुरा केही सुनिँदैन… मरी जाऊँ !”
मालिक– “धत मुला, नचाहिने कुरा गर्छस् ?”
भोजे– “साँचिकै हो मालिक !”
मालिक ट्वाँ पर्छ ।

एक छिन सोचेर
मालिक– “तेरो कुरा अहिलेनै दुधको दुध पानीको पानी पार्छु । तँ मलिक्नीसँग हलमा बस, म भान्छामा जान्छु अनि तँ मलाई प्रश्न गर ।”
भोजे– “हुन्छ मालिक ।”
मालिक भान्छामा जान्छ । भोजे मालिक्नीसँग हलमा बस्छ । अनि–
भोजे– “मालिक साब !”
मालिक– “अँ भोजे !”
भोजे– “ल भन्नुस् त लुगा धुन आउने केटीलाई कसले भुँडी बोकायो ?”
भान्छाबाट केही जवाफ आएन ।
भोजे– “मालिक साब !”
मालिक– “अँ भोजे !”
भोजे– “अनि उसको गर्भपतनको व्यवस्था कसले गरिदियो ?”
फेरि पनि भान्छाबाट केही जवाफ आएन ।
अनुहार रातो पार्दै मालिक भान्छाबाट दौडिँदै आउँछ ।
मालिक– “हो यार भोजे, कस्सम…. सुरुको नाम बाहेक केही सुनिँदो रहेनछ । तैले सही भनिस्…. साला भान्छा त गज्जब को ठाउँ रहेछ ।”

–मिलनबहादुर बस्नेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x