साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्राफिक कोड- कस्तो जाडो ?

ट्राफिक दाइले मुसुमुसु हाँस्दै ’ल भाइ, चार सय झिक । आज त कस्तो गर्मी कोड चलिरा’छ’ ।

Nepal Telecom ad
  • ठट्यौली

हिजो हतारमा ब्लुबुक नबोकी बाइक चलाएछु । ठ्याक्यै चेकिङमा परें । ट्राफिक दाइ आउनुभो । ’चिट काट्छु, हजार लाग्छ’ भन्दै मलाई साइडमा लानुभो । अनि ‘चिट काटुम कि मिल्ने हो ?’ भन्नुभो । पैसो त्यति थिएन । ’मिल्छु’ भनेँ । उहाँले चार सय देऊ, लफडा हुँदैन’ भन्नुभयो । चार सय दिएँ । तर, म अलि टाढै जानुपर्ने, फेरि अरू ठाउँमा नि चेकिङ भए चिट छैन के गर्ने ?’ भनी प्रतिपश्न गरेँ । उहाँले चेकिङ परे ’कस्तो जाडो ! भन्नू, कुरो मिल्छ’ भन्नुभयो ।

म हिँडें । फेरि पर बाटोमा चेकिङ भयो मैले त्यहाँको ट्राफिकलाई ’कस्तो जाडो !! भनेँ । उहाँले जाऊ जाऊ भाइ भन्नुभयो । त्यसरी चेकिङ हुँदा ’कस्तो जाडो’ भन्दै बचेर गएँ ।

केही दिनपछि फेरि ब्लुबुक बिर्सिएछु । ठ्याक्कै चेकिङमा परें । ह्या ! केही हुन्न भन्ने ठानी ट्राफिकलाई ’कस्तो जाडो !’ भनें । ट्राफिक दाइले मुसुमुसु हाँस्दै ’ल भाइ, चार सय झिक । आज त कस्तो गर्मी कोड चलिरा’छ’ भन्नुभयो । मैले लुरुक्क परेर चार सय रुपैयाँ दिएँ अनि सधै कागज बोकेर सवारी चलाउने प्रमिस गरें ।

-हास्यमेव जयतेमा सम्प्रास पाैडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x