सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ट्राफिक कोड- कस्तो जाडो ?

ट्राफिक दाइले मुसुमुसु हाँस्दै ’ल भाइ, चार सय झिक । आज त कस्तो गर्मी कोड चलिरा’छ’ ।

Nepal Telecom ad
  • ठट्यौली

हिजो हतारमा ब्लुबुक नबोकी बाइक चलाएछु । ठ्याक्यै चेकिङमा परें । ट्राफिक दाइ आउनुभो । ’चिट काट्छु, हजार लाग्छ’ भन्दै मलाई साइडमा लानुभो । अनि ‘चिट काटुम कि मिल्ने हो ?’ भन्नुभो । पैसो त्यति थिएन । ’मिल्छु’ भनेँ । उहाँले चार सय देऊ, लफडा हुँदैन’ भन्नुभयो । चार सय दिएँ । तर, म अलि टाढै जानुपर्ने, फेरि अरू ठाउँमा नि चेकिङ भए चिट छैन के गर्ने ?’ भनी प्रतिपश्न गरेँ । उहाँले चेकिङ परे ’कस्तो जाडो ! भन्नू, कुरो मिल्छ’ भन्नुभयो ।

म हिँडें । फेरि पर बाटोमा चेकिङ भयो मैले त्यहाँको ट्राफिकलाई ’कस्तो जाडो !! भनेँ । उहाँले जाऊ जाऊ भाइ भन्नुभयो । त्यसरी चेकिङ हुँदा ’कस्तो जाडो’ भन्दै बचेर गएँ ।

केही दिनपछि फेरि ब्लुबुक बिर्सिएछु । ठ्याक्कै चेकिङमा परें । ह्या ! केही हुन्न भन्ने ठानी ट्राफिकलाई ’कस्तो जाडो !’ भनें । ट्राफिक दाइले मुसुमुसु हाँस्दै ’ल भाइ, चार सय झिक । आज त कस्तो गर्मी कोड चलिरा’छ’ भन्नुभयो । मैले लुरुक्क परेर चार सय रुपैयाँ दिएँ अनि सधै कागज बोकेर सवारी चलाउने प्रमिस गरें ।

-हास्यमेव जयतेमा सम्प्रास पाैडेल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad