कुप्रदालौ चिन्नोस् त उहाँ को हुनुहुन्छ ?
छ्या कस्तो पिपलपाते प्रवृत्ति प्रभुका अगाडि, बाँस जस्तै नुहुन्छ
गर्नु नगर्नु जाल उसैले बुन्छ
कोकोहोलो छ, सुन्दैन मनमनै गुन्छ
उसलाई त के छ र,
गाई भन्दै गधा पनि दुहुन्छ
डोकामै दुहे पनि कहाँ चुहुन्छ
छ्या कस्तो पिपलपाते प्रवृत्ति
प्रभुका अगाडि, बाँस जस्तै नुहुन्छ
कुराले आकाश छुन्छ, पाताल छुन्छ
गफैगफले कोशी थुन्छ, कर्णाली थुन्छ
जूनतारा मुठीमै छ भन्दै हाँसिरहेको हुन्छ
रुन त यहाँ सर्वसाधारण रुन्छ
सर्वसाधारणको कुरा कसले सुन्छ
चुनावमा सुने जस्तो गर्छ,
अरुबेला कान थुन्छ
तपाईं र म मात्र राम्रो भएर के हुन्छ
झोले र चम्चेले उसैलाई चुन्छ
अनि भुत्राको देश बिकास हुन्छ ?
रुन्छ त फेरि उही सर्वसाधारण रुन्छ
जनतालाई धरधरी रुवाउने
लौ चिन्नोस् त, उहाँ को हुनुहुन्छ ?
गुप्तनगरकाे लुप्त गाउँ
Subscribe
Login
0 Comments
Oldest







































