साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठमाण्डु

Nepal Telecom ad

भीमसेनको आशौच बारेर
उभिएको छ धरहरा !

कसैले च्यात्न नसकेका
समयका सन्धि
जोगाउँदैछ नारायणहिटी !

मीठा सपना बाँडेर छिर्न हतार
राता पार्सपोट थुन्न आतुर छ
सम्मेलन केन्द्र !

युवा बेचेर डलर छाप्न
आतुर छन् विभागीय सरकारी अड्डाहरू !

दिनहुँ जङ्गे पिलर सरेको सर्यै छ,
टुलुटुलु हेर्नु बाहेक
के गरोस् शीतलनिवास !

कमलपित्ते जीवन बोकेर
यौवनको मोलमोलाई
र दलाली गर्दैछ रत्नपार्क !

पितृदेवो भव र मातृदेवो भवको
प्रवचन सुनाउँछ
अपहेलित पूर्वजवान जम्मा गरेर पशुपति !

पश्चिमको निर्दोष साइँलाको हत्या
र पूर्वकी चेलीलाई
नदी पारिकाबाट भएको बलात्कारको
दृश्य प्रत्यक्ष प्रसारण गर्दैछ सिंहदरबार !

चेली ब्यापारीलाई कौडीको धरौटीमा
रिहाईको फैसला गर्दैछ
सर्वोच्च न्यायालय !

सडकमा जाम खन्याएर
वायुमा वाहनका धूँवाको सिरक ओढाउँदै
समयको उल्टो गतीमा बगेका मनुवालाई
रोक्न खोज्दैछ घन ठोकेर घण्टाघर !

वीरताको गाथा र इतिहासमा
ढल मिसाएर बग्दैछ वागमती !

छिमेकीहरू
बुद्ध र सगरमाथा छापेर जुतामा,
बजार्छन् दरबारका आँगनमा,
साम्राज्यको पदचाप सुन्नु बाहेक
के गरोस् बालुवाटार !

यसै बीच
घुमिरहेछन् अक्टोपसका हातहरू
आयातित चस्मा भिरेर
आफ्नै भ्रुण खोज्दै काठमाण्डुमा ।

‘अक्षरहरूको रङ’बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x