साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले ढोगेका मान्छेहरू

Nepal Telecom ad

हजुरआमा बिरामी भएपछि
आफन्तहरू कुर्न बसे,
बुबा– काकाहरूको बैठक बस्यो,
र गम्भीर छलफल भयो …

भूमिगत बैठक बस्यो
र केही खासखुस भयो,
खुला बैठक बस्यो
र पाखुरा सुर्कासुर्की भयो,
को कता मिलेको छ
भन्ने आक्षेप पनि लाग्यो,
कसले कसको भत्ता खाँदैछ
भन्ने सत्तोसराप पनि भयो,
जासूसीका कुरा पनि खुले,
अञ्चलाधीशको घर्रामा रहेका
रेकर्डका कुरा पनि चले,
सत्र सालमा दीपावली मनाएका
सारा पोल पनि खुले,
र अन्त्यमा,
अरु कुरा जे जस्तो भए पनि
बुढी आमै बन्द कोठामा
निस्सासिएको ठहर गरी
उहाँलाई प्रजातन्त्रे काकाको
ठूलो टहरोमा राख्ने निर्णय भयो ….

तीस वर्षपछि हजुरआमा
खुला टहरोमा सारिइन्,
यही अवधिमा हजुरआमा
अलिकति तङ्ग्रिइन्,
तर जिउनी खाने कुरामा
फेरि बहस भयो,
सम्पति पाउने प्रश्नमा
हातै हालाहाल भयो,
तीर्थ लैजाने खर्चमा
सधैं उम्कने प्रयास भयो,
र टहरो सिंगार्ने कुरामा
धेरै ठूलो विवाद भयो–

‘पहिले छानो हाल्नुपर्छ’
काकाले भने,
‘होइन गारो उठाउनुपर्छ’
मामाले भने,
‘जग हाल्नुपर्छ’
भिनाजुले भने,
‘झ्याल ढोका पूरै फेर्नुपर्छ’
ज्वाइँले भने,
सबैले कुरै मात्र गरे वर्षौंसम्म,
सवैले गफैमात्र चुटे वर्षौंसम्म,
सवैले दोषैमात्र दिए वर्षौंसम्म,
काम कसैले थालेन,
जग कसैले हालेन,
र, टहरो लथालिङ्ग भयो …. !

टहराको दशबर्षे बसाइमा
हजुरआमा झन थलिइन्,
स्याहार सुसारको अभावमा
हजूरआमा झनै गलिन्,
हजूरआमाका नाममा
थुप्रै भ्रमणहरू भए,
हजूरआमाको सम्पतिमा
थुप्रै महलहरू बने,
तर हजूरआमाको स्वास्थ्यमा
कुनै सुधार आएन,
उहाँको अवस्थाप्रति
कसैको दया जागेन,
परिस्थिति बिग्रँदै गयो–
हाल वेहाल हुँदै गयो–
र यो सङ्कटकालमा
फेरि आकस्मिक वैठक बस्यो–

‘अब हतियार उठाउनुपर्छ’
एकथरीले भने,
‘होइन, भाषण गरे पुग्छ’
अर्काथरीले भने,
‘सदाचारको पाठ सिकाउनुपर्छ’
गनाएकाहरूले भने,
‘निजीकरण गर्दिए हुन्छ’
कमाएकाहरूले भने,
सवैले जिउनीकै वास्ता गरे,
तर रोगको वास्ता
कसैले पनि गरेन,
उहाँको त्यो पीडादायी रोग
निको पनि भएन,
र त्यो टहरो
कहिल्यै घर बनेन …. !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x