साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लफडाष्टक

Nepal Telecom ad


सामन्तका छोराछोरी आन्दोलने भए
नेपालमा यस्तो बिघ्न अचम्म भो कैले ?


अराष्ट्रिय तत्व’ भन्ने मण्डले नै चम्के !
आन्दोलन जति हओस् ! होक्काँ उनै गर्ने !


यो पल्ट त ठूलै होक्काँ ‘ग्वाँआँ ग्वाँआँ ! भयो !
भएथ्यो नि ! सुम्सुम्याउने कागे नेता भयो !


लोकतन्त्रे कुरा गर्ने सातदले चुप्प !
सत्ता–कुर्सी भेटेपछि फुलेका छन् हुप्प !


पुरस्कार पड्काउन ! कुर्सी चड्काउन !
लागेका छन् ! लागेका छन् ! जुका चुस्न !


घोक्रेछुत्ती लाग्दाखेरि आन्दोलने बन्ने !
कुर्सी–पद पछिपछि आन्दोलनै मास्ने ।


हड्ताल ! दुधभात ! घूस मामुली भो !
अराजक थिति पार्न सरकारै लाग्यो !


‘अब तेस्रो आन्दोलन !’ भुँडी बोकेको छ !
तुहाउन चङ्खेवर्ग जाँड लागेको छ !

झर्रो नेपाली घर,
चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x