धनराज गिरीठोक्न थाले शिष्य
शास्त्र होइन, गेसपेपर घोक्न थाले शिष्य
साँझ पर्दै सोमरस धोक्न थाले शिष्य
मुन्द्रा अनि जगल्टा नै बन्यो परिचय
केटी जस्तै लामा नङ टोक्न थाले शिष्य
स्वाहा भयो वर्तमान खरानी भविष्य
मलामी भै आफ्नै लास बोक्न थाले शिष्य
जान्नुसुन्नु केही छैन फुर्ति भने ठूलो
बनी नेता दोबाटोमा खोक्न थाले शिष्य
विनिर्माण भएको छ आज सबै कुरा
गुरुलाई चिम्ली आँखा ठोक्न थाले शिष्य ।
चितवन
Subscribe
Login
0 Comments
Oldest







































