साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्झौता

निर्दयी श्रीमानको व्यवहार । मुना थकित र निराश भइसकेकी थिए। मौन बस्दै सहँदा श्रीमानको व्यवहारले सीमा नाघ्यो।

Nepal Telecom ad

शोभा अधिकारी :

एक्लो छोरो । काठमाडौँमा घर । सरकारी जागिर ।राम्रो खानदान । परिवारका हरेक सदस्यले हुन्छ,भन्दै निर्णय गरे। मुनाले आफ्नो इच्छा आकांक्षा दबाएर दश वर्ष जेठो केटासँग विहे गरी ।

खरो र चर्को व्यवहार । खटनवाली सासु । रुखो ससुरा । उत्ताउली नन्द । शङ्कालु श्रीमानसँग घर गरी खान सकस भयो।

दिनरात मर्दै बाँच्दैको अनुभवमा बाबाआमाको इज्जतमा सम्झौता गर्दै बुहारीको भूमिका निर्वाह गरेर एम.ए पास गरी मुनाले ।

बुहारी बाँझी भई, अर्को बिहे गर बाबु भन्ने सासुलाई सुकुमार नाती जन्माइदिएर मुख बन्द गराइदिई, उसले। शिशुस्याहार केन्द्रमा बच्चा। जागिर । घरधन्दा । निर्दयी श्रीमानको व्यवहार । मुना थकित र निराश भइसकेकी थिए। मौन बस्दै सहँदा श्रीमानको व्यवहारले सीमा नाघ्यो।

छड्के जाँचमा सहर सुन्दरी सहित श्रीमानलाई रंगे हात भेटाइ , मुनाले।

धैर्यताको बाँध टुट्यो ।अन्त्यमा अदालतमा सबैको सामु बच्चा समाउँदै एकल महिलाको नाउँमा आफ्नो पहिचान सम्झौता गरेर आफूलाई आकाशमा रूपान्तरण गरी।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x