साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असमका इन्द्र चापागाईं र विरेन्द्र रानालाई  भक्तपुरमा स्वागत

पाहुनालाई चक्रपाणी चालिसेको योगदानबारे चक्रपाणिस्मार्क प्रतिष्ठानका अध्यक्ष राममणी ढुङ्गेलले प्रकाश पार्नुभएको थियो ।

Nepal Telecom ad

भक्तपुर, २०८१असोज ७ । भारतको असम राज्य नेपाली संस्कृति सुरक्षा परिषदका उपाध्यक्ष इन्द्र चापागाईं र सोही संस्थाका महासचिव विरेन्द्र रानालाई चक्रपाणी स्मारक प्रतिष्ठान कटुञ्जे भक्तपुरमा स्वागत गरियो ।

पाहुनालाई चक्रपाणी चालिसेको योगदानबारे चक्रपाणिस्मार्क प्रतिष्ठानका अध्यक्ष राममणी ढुङ्गेलले प्रकाश पार्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष राममणी ढुङ्गेल, सोही संस्थाका सल्लाहकार चक्रपाणिका भतिजा प्रधुम्न चालिसे, कोषाध्यक्ष केशव रुपाखेती, भक्तपुर सुसेली मञ्चका अध्यक्ष, चक्रपाणि स्मारक प्रतिष्ठानका सल्लाहकार रामशरण न्यौपाने, जन्मभूमि नेपाल साहित्य समाजका अध्यक्ष तथा भक्तपुर सुसेली मञ्चका सचिव, चक्रपाणिस्मारक प्रतिष्ठानका कार्यसमिति सदस्य डिल्लीप्रसाद मूलतिहुन, भक्तपुर सुसेली मञ्च तथा चागुनारायण साहित्य समाजका कोषाध्यक्ष बि के माकाजु लगायतको सहभागीतामा पाहुनालाई खादा माला लगाएर स्वागत गर्दै साहित्यकारहरूले पुस्तक उपहार प्रदान गर्नुभएको थियो ।

चक्रपाणिले लेख्नुभएको पुरानो राष्ट्रिय गान चक्रपाणिकै सालिक अगाडि उभिएर सबै मिलेर गाइएको थियो । बिहानको खाजा भक्तपुर कटुञ्जेको खुवा पाउरोटी दूध खाए पश्चात् डोलेश्वर मन्दिरमा पुगेको पाहुना सहितको टोलीलाई डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले मन्दिरको द्वारमै स्वागत गर्नुभएको थियो ।

दर्शनपछि समितिको कार्यकक्षमा सूर्यविनायक नपा वडा नं ८ का वडाध्यक्ष पुस्पराज बस्नेत, समितिका वरिष्ठ उपाध्यक्ष आत्माराम थापा, महिला उपाध्यक्ष निर्मला संजेल, उपाध्यक्ष रामेश्वर बोहरा, महासचिव हरिशरण बस्नेत, सचिव घनश्याम थापा, कोषाध्यक्ष रत्न्प्रसाद छुँका, सहकोषाध्यक्ष केदार प्रसाद उपाध्याय, आन्तरिक लेखापरीक्षण संयोजक द्वारिकाप्रसाद सत्याल तथा पुजारी , पूर्व अध्यक्ष लगायत विभिन्न उच्च ओहोदाका महानुभावले स्वागत गर्नुका साथै एकआपसमा परिचय गर्ने कार्य भएको थियोे ।

पाहुनाको तर्फबाट बोल्दै इन्द्र चापागाईं र विरेन्द्र रानाले नेपाल भ्रमणको उद्देश्य प्रष्ट पार्दै नेपालमा भएको उन्नति प्रगति देख्न सुन्न पाउँदा खुसी लाग्ने र नेपालमा दुख्ख पर्दा आफ्नो पनि मन दुख्ने उल्लेख गर्नुभएको थियो ।

अन्त्यमा मन्दिर व्यवस्थापन समिति र वडा अध्यक्ष सहितको टिमले पाहुनालाई डोलेश्वरको शिर तस्बिर सहितको फ्रेम उपहार प्रदान गरिएको थियोे ।

त्यसपछि दतात्रय मन्दिर र सोही स्थानमा निजी पहलमा रामनारायण प्रजापतिले आफ्नो जीवन कालमा गर्नुभएको कालिगढीको अवलोकन गरिएको थियोे । सो अवलोकन पश्चात् तलेजु रेस्टुरेन्टमा खानपिन गरि केही समयपछि असमका साहित्यकार र संस्कृति सम्बन्धी जानकारहरूको टोली नेपाल भ्रमण हुने सल्लाहकासाथ पाहुनालाई विदाई गरिएको थियोे ।

०००
– डिल्लीप्रसाद मूलतिहुनद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x