साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एम्.सी.सी. नामको चारो

नैतिकता कतै छैन, हराएछ कता कता !! भ्रमको जाल देखिन्छ, बोलीपिच्छे जतातता । एउटै पार्टी हो भन्छ, अनेक थरी गुट छ, नियन्त्रण कतै छैन, जे बोले पनि छुट छ ।

Nepal Telecom ad

एम्.सी.सी. नामको चारो छरेको छ अलिकति
जुधेका छन् सबै साँढे, गराई देशको खति ।

विदेशी बस्छ हाँसेर, रमिता मानी हेर्दछ,
आपसी एकता छैन, कसले किन टेर्दछ ?

नेता छन् दलका उच्च, सोचाइ तर नीच छ,
जनता ढाँट्नका लागि बोली दोधार बीच छ ।

नैतिकता कतै छैन, हराएछ कता कता !!
भ्रमको जाल देखिन्छ, बोलीपिच्छे जतातता ।

एउटै पार्टी हो भन्छ, अनेक थरी गुट छ,
नियन्त्रण कतै छैन, जे बोले पनि छुट छ ।

एउटा पूर्व फर्कन्छ, अर्को फर्कन्छ पश्चिम
विश्वास कसको गर्ने ? ओकल्छन् मत विभ्रम ।

जनता भ्रममा कुद्छन्, मेरै नेता सही भनी,
परस्पर भिडेका छन्, तिनैका गुडिया बनी ।

कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x