सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एम्.सी.सी. नामको चारो

नैतिकता कतै छैन, हराएछ कता कता !! भ्रमको जाल देखिन्छ, बोलीपिच्छे जतातता । एउटै पार्टी हो भन्छ, अनेक थरी गुट छ, नियन्त्रण कतै छैन, जे बोले पनि छुट छ ।

Nepal Telecom ad

एम्.सी.सी. नामको चारो छरेको छ अलिकति
जुधेका छन् सबै साँढे, गराई देशको खति ।

विदेशी बस्छ हाँसेर, रमिता मानी हेर्दछ,
आपसी एकता छैन, कसले किन टेर्दछ ?

नेता छन् दलका उच्च, सोचाइ तर नीच छ,
जनता ढाँट्नका लागि बोली दोधार बीच छ ।

नैतिकता कतै छैन, हराएछ कता कता !!
भ्रमको जाल देखिन्छ, बोलीपिच्छे जतातता ।

एउटै पार्टी हो भन्छ, अनेक थरी गुट छ,
नियन्त्रण कतै छैन, जे बोले पनि छुट छ ।

एउटा पूर्व फर्कन्छ, अर्को फर्कन्छ पश्चिम
विश्वास कसको गर्ने ? ओकल्छन् मत विभ्रम ।

जनता भ्रममा कुद्छन्, मेरै नेता सही भनी,
परस्पर भिडेका छन्, तिनैका गुडिया बनी ।

कीर्तिपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’