साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबाको सिलाइ मेसिन

आफैँले आफैँलाई जिन्दगीको तमाम उत्कर्षहरूबाट सिउन सक्नुहुन्छ बुबा मेसिनअगाडि आफ्नै उमेर राखेर जिन्दगी जिउनुहुन्छ ।

Nepal Telecom ad

बुबा
विभेदको सङ्घारमा
आफ्नै इमान बन्धकी राखेर
आउने जानेहरूलाई स्वागत गर्नुहुन्छ ।

हिजो देश र जनताको
हितकै लागि बोल्दै हिँड्ने
तल्लो घरे दाजुले पनि
बुबाकै मेसिनमा
झन्डा सिलाउन दिनुभयो र भन्नुभयो,
फर्फराउने झन्डा बनाउनू ।

बुबा झन्डा बनाएर घरसम्म पुग्नुहुन्छ र
दैलोबाहिरैबाट झन्डा बुझाउनुहुन्छ ।

यसरी सम्झिनुहुन्छ,
बरु मान्छेहरूले भन्दा त
मेरै मेसिनले बुझेको छ
जसले,
जात हेर्दैन, वणर् हेर्दैन
र सिलाइरहन्छ,
समानताको धागोले
मान्छेकै इज्जत ।

आयुको आधा युग छिचोल्दै
यहाँसम्म आइपुग्दा
स्वतन्त्रताको ठेगाना
आजसम्म पनि पत्ता लगाउन नसकेका मेरा बुबा
आफैँले आफैँलाई
जिन्दगीको तमाम उत्कर्षहरूबाट
सिउन सक्नुहुन्छ
बुबा
मेसिनअगाडि
आफ्नै उमेर राखेर
जिन्दगी जिउनुहुन्छ ।

सुनसरी

(नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव -२०७९ मा तृतीय पुरस्कार प्राप्त)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x