साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शान्त तलाउमा ढुङ्गा नहान

सुसाउँदै बग्ने नदी भन्दा गड्की बग्ने खहरे भन्दा शान्त तलाउ हजारौंगुना वलशाली हुनेछ तिमीलाई के थाहा आगो भन्दा पानी सयौंगुना शक्तिशाली हुन्छ ।

Nepal Telecom ad

रोपेर मनमा घृणाको बेर्ना
कहाँ फुल्दो रहेछ र सुगन्धित फूल?
हिर्काएर अर्काको सिसमहलमा
कहाँ जोगिदो रहेछ र आफ्नो झुल ?
हजार कोसको यात्रामा
लाखौ जोडिन्छन्
हजार छोडिन्छन्
तर गन्तव्य नछोई कहाँ फर्किन्छु र म ?
सेतो वायूपंखी घोडा हुँ म !
थचक्क बस्न जानेको छैन
त्यसैले
अवरोधका घेरा तानेर
रोक्न नखोज
शान्त तलाउमा ढुङ्गा नहान
तिमीले भोगेका छैनौ होला
तलाउका ज्वारभाटाहरू
याद गर
पानीको एकथोपा
बलेको ज्वाला भन्दा कैयौंगुना बलवान् हुनेछ !
सुसाउँदै बग्ने नदी भन्दा
गड्की बग्ने खहरे भन्दा
शान्त तलाउ
हजारौंगुना वलशाली हुनेछ
तिमीलाई के थाहा
आगो भन्दा पानी
सयौंगुना शक्तिशाली हुन्छ ।
त्यसैले
शान्त तलाउमा
ढुङ्गा नहान
किन कि
म शान्त नारी हुँ
शान्त तलाउ हुँ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x