साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तँ खा

भन्डाफोर अवश्य हेर् समयले पार्नेछ तेरो भुँडी, जुत्ताको गलहार् भिरी नगर यो घुम्लास् कि पाटा मुडि, भोकाको गहमा छ शुद्ध जल हे स्वाट्टै बनाएर खा, पार् जेले समतुल्ल त्यो उदर होस् बाँकी नराखी तँ खा ॥

Nepal Telecom ad

शिक्षा खा सहकार्य खा वन तँ खा छन् स्वास्थ्यका श्रोत खा
ढुङ्गा बालु तँ खा नदी प्रकृतिका जे सम्पदा छन् तँ खा
लोभी होस् तँ ठगार होस् अवगुणी पापी तँ होस् खन्चुवा
तेरो पेट भएन तृप्त घिचुवा के के लतार्छस् तँ खा ॥ १

खल्ती हाल्न लगाइराख् कफनमा संसार आँटोस् बरू
धेरै जन्म पुगोस् यसै इलमले केही नगर् भो अरू
जो छन् दुर्बल निम्छरा कपटले गोटी बनाई चला
तेरो पेट हुँदैन तृप्त कहिल्यै खान्छस् अरू के तँ खा ॥ २

माओवाद म मान्छु तैँ वचन दे अध्यात्म मान्छु तँ भन्
काङ्ग्रेसी पनि भन्दछस् कृपण हे जानिन्न तेरो कथन
एमाले पनि भन्दछस् र खिचलो गर्छस् तँ होस् के बता
तेरो पेट हुँदैन तृप्त किन हो खान्छस् अरू के तँ खा ॥३

हेर्दा बाहिर ठिक्क देख्छ दुनियाँ बन्छस् भलाद्मी अति
पाखण्डी छल छद्मले कुपित छस् होस् पातकी बापती
सोझा भाव विचार साँध् तँ चटनी खम्केर काट्टो तँ खा
केले टन्न अघाउँछस् तँ नकटो कोचेर लाद्रो तँ खा ॥ ४

लाटो देश भयो र सायद यहाँ गाँडो बनिन्छस् ठिठो
चौरासी रस युक्त व्यञ्जन तँ खा निर्धा नपाउन् पिठो
तेरो लालचले चुमोस हिउँचुली सिङ्गै जगत् घिच् लु खा
गोला बारुद तुल्य गर्जन गरोस् तेरो भुँडीले तँ खा ॥ ५

बाटो खा बिजुली तँ खा बगर खा वाणिज्य तैँ खा लु खा
यातायात तँ खा प्रशासन तँ खा धारा कुलो जे छ खा
जे खाँदा ठसमस्स हुन्छ सब खा खर्लप्प पारी तँ खा
खा उद्योग सबै तँ खा कृषि तँ खा गाडी र घोडा तँ खा ॥ ६

जे जे आउँछ छेउमा पहुँचमा जम्मै हसुर्दै तँ खा
भेटेको जति खा सकेजति सबै लुछ्दै चिमोट्दै तँ खा
भोको छस् तँ दरिद्र राक्षस तँ छस् खा हन्तकाले तँ खा
तेरो पेट फुलेर व्योम नपुगोस् सोच्दै विचार्दै तँ खा ॥ ७

तेरो आयु हवस् विशासय अरू अल्पायुमै मासिउन्
तेरो दम्भ दसैदिसातिर पुर्‍या कोही नदेख्ने नहुन्
तैंमात्रै सुख पा अरू सब मरून् काट्टो रमाई तँ खा
ढाकोस् पेट बढेर होस् अजङको ब्राह्मण ख्वाप्पै तँ खा ॥ ८

चर्को घाम हुरी बतास र झरी खेपेर पीडा अति
रोगी जिर्ण शरीर नागरिकको कस्तै हवस् छट्पटी
तैं सिंहासनमाथि बस् नकचरा तैँ देश सिङ्गै चबा
तैँ पा ईश्वरको कृपा अमर हो सञ्जीवनी खोज् तँ खा ॥ ९

भन्डाफोर अवश्य हेर् समयले पार्नेछ तेरो भुँडी
जुत्ताको गलहार् भिरी नगर यो घुम्लास् कि पाटा मुडि
भोकाको गहमा छ शुद्ध जल हे स्वाट्टै बनाएर खा
पार् जेले समतुल्ल त्यो उदर होस् बाँकी नराखी तँ खा ॥ १०

०००
चौदण्डीगढी न.पा.- ५ सुन्दरपुर, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x