साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पराकाष्ठा भयो आखिर

एकैरत्ति रहेन है सहजता अत्यासमा छन् मन । राजाको प्रतिविम्बमा प्रकट छन् नेतृत्वदायी जन ॥ काटे कष्ट सदैब यो मुलुकको रक्षार्थका खातिर । भोग्दा धेर अनिष्ट लौ अब पराकाष्ठा भयो आखिर ॥

Nepal Telecom ad

आयो शान्ति भनी यहाँ मुलुकले निश्वास फेर्दै थियो ।
भित्री द्वन्दहरू समाप्त बनिए मस्तिष्क ठान्दै थियो ॥
के हुन्थ्यो र यहाँ समाप्त रण यो संग्राम भो सिर्जना ।
पड्कन्छन् बम बारुदी सुरु भयो फुत्केर जाऊँ कहाँ ॥

काला ती जनयुद्धका दिनहरू आलो बनाई दियो ।
कस्तो काल यहाँ उपस्थित भयो यो राष्ट्र मास्ने भयो ॥
सम्झौता त अनेक नै मनुजले सक्दो गरेकै थियो ।
नाङ्गो पूणर् भएर यो समरमा चुर्लुम्म डुब्ने भयो ॥

एकैरत्ति रहेन है सहजता अत्यासमा छन् मन ।
राजाको प्रतिविम्बमा प्रकट छन् नेतृत्वदायी जन ॥
काटे कष्ट सदैब यो मुलुकको रक्षार्थका खातिर ।
भोग्दा धेर अनिष्ट लौ अब पराकाष्ठा भयो आखिर ॥

०००
चौदण्डीगढी न.पा.- ५ सुन्दरपुर, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x