साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उर्लापात

कबाफी र्‍यालमा डुब्दै आफू के कुरा गर्नु जनता जाबोको न बिउँझन खोज्छ न आगो बाल्छ गाँस खाने हक नदेखेर थाल चाट्छ यो बेथितिको उर्लापातमा पस्छ ।

Nepal Telecom ad

अर्थ आश्रित मान्छे यो
जीवन जिउने कुरा भो
गुलियोमा भुनभुनिन्छ व्यवहार
खुम्चिएर हत्केला बन्दै संसार
पोखिएर भुइँतिर बग्दै छ चरित्र
दोहोरी खेलमा व्यस्त छ घरबार
सपना बाँड्ने दाउपेचमा रमेर
आफै चलाउँछ डाडुपनियो
निजी सुखसयलको जुटाइ छ
आमाको फरिया अंशबन्डा लाउँदै
पल्लारेको रबाफले रोटी सेकेर
कबाफी र्‍यालमा डुब्दै आफू
के कुरा गर्नु जनता जाबोको
न बिउँझन खोज्छ न आगो बाल्छ
गाँस खाने हक नदेखेर थाल चाट्छ
यो बेथितिको उर्लापातमा पस्छ
हातखुट्टा चलाएर निर्मल जल भेट्ने
सामथ्र्य नचिनेर मिचिरहन्छ आँखा
अँध्यारो निमोठेर रात लखेट्छु भन्दै
जुरुक्क उठेर ढोका उघार्छ मिरमिरे !

०००
पर्वत, हालः काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
0
Would love your thoughts, please comment.x
()
x