डा. छायादत्त न्यौपाने ‘बगर’उर्लापात
कबाफी र्यालमा डुब्दै आफू के कुरा गर्नु जनता जाबोको न बिउँझन खोज्छ न आगो बाल्छ गाँस खाने हक नदेखेर थाल चाट्छ यो बेथितिको उर्लापातमा पस्छ ।
अर्थ आश्रित मान्छे यो
जीवन जिउने कुरा भो
गुलियोमा भुनभुनिन्छ व्यवहार
खुम्चिएर हत्केला बन्दै संसार
पोखिएर भुइँतिर बग्दै छ चरित्र
दोहोरी खेलमा व्यस्त छ घरबार
सपना बाँड्ने दाउपेचमा रमेर
आफै चलाउँछ डाडुपनियो
निजी सुखसयलको जुटाइ छ
आमाको फरिया अंशबन्डा लाउँदै
पल्लारेको रबाफले रोटी सेकेर
कबाफी र्यालमा डुब्दै आफू
के कुरा गर्नु जनता जाबोको
न बिउँझन खोज्छ न आगो बाल्छ
गाँस खाने हक नदेखेर थाल चाट्छ
यो बेथितिको उर्लापातमा पस्छ
हातखुट्टा चलाएर निर्मल जल भेट्ने
सामथ्र्य नचिनेर मिचिरहन्छ आँखा
अँध्यारो निमोठेर रात लखेट्छु भन्दै
जुरुक्क उठेर ढोका उघार्छ मिरमिरे !
०००
पर्वत, हालः काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































