साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमती झण्डी घिमिरे

झण्डीको भाग्य राम्रो । गाड़ी दुर्घटनामा परी श्रीमती झण्डीले पाइताला फर्काई । पोष्टमर्टमबाट थाहा पाइयो पाँच महिनापछि आमा हुन्थी । झण्डीको मन बिग्रियो । दुइ-तीन वर्षको सम्बन्ध ।

Nepal Telecom ad

लभ परेर झण्डी घिमिरे प्याक् प्याको परेको छ । आमाले कति भनिन्, जे पनि गर् बाबु तर अहिले हातखुट्टा चाहिँ बाँधि नहाल् । पछि अबरमा पर्छस् है । यस्तो खालके केटीले घर संसार गर्न सक्तिन । यिनीहरू भनेका नायिका हुन् । यिनीहरू नाँच्न दुगुर्छन् । यिनीहरूले बनाउँदैनन्; भत्काउँछन् ।

झण्डीलाई उबेला यस्तो भएको थियो यो बुढिया किन छिटो गुल्टिदिनन् । किन छिट्टै पैताला फर्काउँदिनन् मोरीले ।

झण्डीलाई लाख सम्झाएर थेत्तर भइसकेपछि आमाले छोरोलाई अब उसो सम्झाउनै छोड़िसकेकी थिइन् । एउटा उमेर छिचोलेपछि मानिस भाग्यनिर्भर हुन्छ भन्ने साठी हिउँद छिचोलिसकेकी आमालाई पक्कै थाहा थियो । यो नियति भन्ने कुरो विभिन्न जटिल उपादानले गठन भएको छ । जसको कुनै आकार, आकृति छैन, हुँदैन । हर्ट, लङ्गस्, किडनी होइन । जीउबाट काटेर निकाल्न सकिन्न ।

खाल्डोमा खुट्टा जाकिएर खोल्च्याङ्… खोल्च्याङ्- त्यो पनि भाग्य नै हो ।
फलानुको छोरोले हाकिमको काम पायो- त्यो पनि भाग्य ।
गैरी गाउँका जेठा मगरले रातो-रात एक करोड़को लटरी पाएर करोड़पति भए- त्यो पनि भाग्य ।
रामलखन भैयाले संसार त्यागेर सन्यासी भए- त्यो पनि भाग्य ।

यी कुराहरू संसारका सबैले नै स्वीकार गरेका छन् । जतिसुकै जेसुकै भनुन् तर आफ्नो भाग्य मानिस आफैले निर्माण गर्छन् । तर यस कुरामा त्यति दम छैन… कारण अनुभवले अर्कै कुरा फलाक्छ ।

जे सुकै होस् झण्डी एउटी सन्दरी युवतीको चक्करमा जाकियो । साथी-सँगी, ईष्टमित्र सबै उछिट्टिए । हातखुट्टा पनि बाँध्यो । स्वास्नीले एक रात भनी, औ… हामी अब छुट्टिनुपर्छ । झण्डीले अस्वीकार गर्ने कुरै आएन । छुट्टिए ती नव दम्पत्तिद्वय । राम्रै नोकरी हात पर्‍यो । पैसै ता पखेटा हो । उड्नु ता आकाशमै मज्जा ।

गाउँ-घरमा झण्डीले हातखुट्टा बाँध्यो भन्ने हल्ला भयो । अरूलाई केही होस् नहोस् तर यस्तो कुरा गाउँ-घरकालाई पूरै खसखस हुन्छ । एकजना कनसुत्लेले ता सोधी पनि हाल्यो- त्यो झण्डीकी बूढ़ी कस्ती रहेछ ? अर्का खसखसेको गनगन्- अचेलका बुहारीहरू यस्तै हुन्छन् । फाटेको जिन्स लाएर संसारै विजय गरेजस्तो गर्छन् । यिनीहरूको डिमाण्ड भक्कु हुन्छ । एकनम्बरकी अल्छिनी, स्वार्थी र मायाममताहीन हुन्छन् ।

अर्का खसखसे- सुकिसकेको नरिवलजस्तो हौ । बाहिर खोल मात्रै हुन्छ, पानी हुँदैन, क्रिम हुँदैन । बुद्धि भन्नु एकदमै दुष्ट ।

झण्डी र उसकी अर्धाङ्गिनीको जसोतसो गाड़ी गुड्यो । जीवनको सबैभन्दा ठूलो गल्ती गर्‍यो भन्ने कुरा एक वर्षपछि झण्डीलाई छ्याङ्ङै भयो । एउटा विशाल माखेसाङ्लोमा जाकिएको अनुभव भयो । त्यहाँबाट फुत्किने उम्किनै मौकै छैन । बूढि़याले जे गर्छिन्. उनले मान्नैपर्छ । जे देखाउँछिन् त्यै हेर्नैपर्छ । पटक पटक एउटै सुगा रटाइ संवाद सुन्नुपर्छ, “नारी स्वतन्त्रता ।” झण्डीकी अर्धाङ्गिनी पकाउँदिनन्, फाष्ट फुडमै मस्त । घर सजाउनु वा लुगाफाटा धुनु उनको शब्दकोशमा परेको छैन । झण्डीले सबै गर्नुपर्छ । झण्डीलाई ब्रण्डीको रित्तो बोतलजस्तै बनाइसकी । यो गर त्यो गर भन्यो कि ता, मिसाइलजस्तै कटाक्ष कोठाभरि छताछुल्ल भएर झण्डीलाई छुलछुल पार्छे, मलाई हुकूम नगरेर तिमी आफै केही गर्नु सक्दैनौ ? के म तिम्रो दासी हुँ ?

लोग्नेमान्छेको भाग्य विभिन्न थरिका हुन्छन् । ती हुन्- अर्थभाग्य, पत्नीभाग्य, मित्रभाग्य, सन्तानभाग्य । अर्थभाग्य जुर्‍यो भने स्वाभाविकै रुपले साथीहरू शत्रु हुन्छन् । यसको एकमात्र कारण ईर्ष्या, डाह बाहेक अरु केही हुनै सक्तैन । झण्डीको जीवनमा पनि त्यस्तै भयो । घरमा पनि दन्दनी आगो ; बाहिर पनि आगो । झण्डीकी आमाले कोनि ककसबाट जम्मै खबर पाइरहिन् । बोलिनन् केही । बरु भन्छिन् “छोरो अहिले स्वास्नीको मोहग्रस्तले प्याल्याक प्याल्याक् भएको छ । तर एक दिन न एक दिन त्यो आफ्नो गुड़तिर फर्किने नै छ । झण्डीले केही समयसम्म मलाई चटक्कै बिर्सिसकेको छ । तर म त्यसको खासै प्यारो बाल्यबन्धु थिएँ । मेरो अर्थभाग्य राम्रो नभए पनि परिवारभाग्य चाहिँ एकदमै राम्रो थियो । पीर, कष्ट, मर्का सबै सहने स्वाभाविक रुपले नै मेरो धेर छ अरुभन्दा । हाम्रो शान्ति शपिङ, पार्टी, आउटिङ्, गेटटुगेदर आदिले कुनै दिन भङ्ग भएन । साधारण जीवन । खायो पियो मौज गर्‍यो… बस त्यसभन्दा धेर अरु केही थिएन । हाम्रो पालामा क्याटरर भन्ने कुरो एकदमै नौलो थियो । बिहे बटुल, पूजा-आजामा त्रिपालले घेरिएको सानो ठाउँमा दाउराको चूल्हामा सेलरोटी पकाइन्थ्यो । फरिया र चौबन्दी चोली छप्छप्ती । नारीहरूको स्वतन्त्र रात हुन्थ्यो । आहा….। तर अहिले ती सबै फ्ल्याट कल्चरले स्वाहा पारिसक्यो ।”

यता श्रीमती झण्डीको गनगन् आफ्नै छ । भन्छे, “तिमी मान्छे गोरु हौ …गोरु । नारी स्वतन्त्रताको विरोधी । तिम्री आमा नि… तिम्री आमा… काउसो हो । न केही गर-गहना छ न कुनै एटिकेट । प्राइमरी स्कूलकी माष्टरनी । मल, सिटी केही देखेकी छैनन् । यो फ्ल्याट मेरो नाममा लेखिदिनू भन… अनि मात्र म सेटिस् हुन्छु । होइन भने डिभोर्स फाइल गर्छु । कुनै गञ्जागोल गर्दिनँ ।”

झण्डीको भाग्य राम्रो । गाड़ी दुर्घटनामा परी श्रीमती झण्डीले पाइताला फर्काई । पोष्टमर्टमबाट थाहा पाइयो पाँच महिनापछि आमा हुन्थी । झण्डीको मन बिग्रियो । दुइ-तीन वर्षको सम्बन्ध ।

झण्डीकी आमाले पहिल्यैबाटै एउटीलाई हेरिराखेकी थिइन् । पढ़ेकी… हाई स्कूलकी गुरुआमा । झण्डीसित हातखुट्टा बाँधियो । अब भने सुखको समय, फूल फक्रिने समय । तीनजनाको संसार, आमा, छोरा अनि बुहारी ।

झण्डी रनक्क भएको बेला उनको भेद यसरी खोल्छ, “म चाहिँ हत्यारा हुँ । मैले आमाको मृत्युको कामना गरेको थिएँ । उफ… मैले के सोंचेको त्यस्तो ? म किन बाँचेको हुँला ?

०००
सिलिगुड़ी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x