साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे नेताज्यू !

तिमी अरबपती बनेर देशलाई कङ्गाल बनाऊ तिमी खरबपती भएर हामीलाई हरिकङ्गाल बनाऊ हामी त तिम्रो लागि खाडीतिर बधुवा बन्न तयार छौं त्यता जान नसके भारततिर गधुवा बन्न तयार छौं ।

Nepal Telecom ad

हे नेताज्यू
तिमीले गर्दा यहाँ कवि जन्मिन्छ
तिमीले गर्दा यहाँ कलाकार चम्किन्छ
तिमीले गर्दा गायकले गाउन पा’छ
तिमीले गर्दा कलाकारले कमाएर खा’छ
तिमीलाई थाहा छैन होला
तिमीले गर्दा कलाकारले करोड कमाउछन्
लेखक, कार्र्टु्निस्टले कलम समाउछन्
तिमीले जे गर्न मन लाग्छ त्यो गर्नैपर्छ
तिमीले नगरे यहाँ अरु कसले गर्छ ?
राम्रो गर्न त सक्नु पर्‍यो नि
त्यसैले यस्तै यस्तै मात्र गर
यस्तै गरेर नै मर ।

घर जोड, कार जोड, घरबार जोड
धन्सार फोर, भन्सार फोर, कतै नछोड
हामीले तिमीलाई यसकै लागि त पठाको हो
राम्रो गर्नेलाई त भोटै नदिएर डाँडो कटाको हो
तिमीले जे गरे पनि यहाँ कसले देख्छ
देखे पनि फेरि तिमीलाई कसले छेक्छ
अदालतको पन्यू तिम्रै हो डाडू तिम्रै हो
त्यो अख्तियार पनि साडु तिम्रै हो
गाउँ लुट, सहर लुट
तिम्रो बिरुद्धमा लेख्नेलाई
ढाँड भाच्चिने गरी कुट ।

दुई चार जना पत्रकारले लेख्दैमा के हुन्छ
दुई चार जना कविले खोक्दैमा के छुन्छ ?
हामी चुप्प लागेर बसेकै हो
तिमीले चुनाव आयो भनेपछि भोट् हाल्न
भेडा जस्तो लाइन लागेर बुथभित्र पसेकै हो
हामीलाई विकास पनि चाहिया हैन
कुनै निकास पनि चाहिया छैन
हामी त भन्छौं
तिमी अरबपती बनेर देशलाई कङ्गाल बनाऊ
तिमी खरबपती भएर हामीलाई हरिकङ्गाल बनाऊ
हामी त तिम्रो लागि खाडीतिर बधुवा बन्न तयार छौं
त्यता जान नसके भारततिर गधुवा बन्न तयार छौं
तिमीले जुकाले जस्तो टन्न खाएर मज्जा ल्याका’छौ
हामीले नखाएर पनि तिमी जत्तिकै मज्जा ल्याका छौं
त्यसैले हे नेताज्यू
जनता मात्र किन बेच्छौ खाडी लगेर ?
सक्छौ भने देश पनि बेच पारि लगेर ।

०००
घट्टेकुलो, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x