सुलसुलेअनुपमले सम्झियो डिल्लीरमण गुरुलाई
शुक्रवार अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १२२ औँ शृङ्खला धादिङे मोती कवि डिल्लीरमण शर्मा अर्ज्याल विशेष कविगोष्ठी सम्पन्न भयो ।

काठमाडौं । ०७९ चैत १७ । शुक्रवार अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १२२ औँ शृङ्खला धादिङे मोती कवि डिल्लीरमण शर्मा अर्ज्याल विशेष कविगोष्ठी सम्पन्न भयो ।
संस्थाका अध्यक्ष भुवनहरि सिग्देलज्यूको अध्यक्षता सम्पन्न कार्यक्रमका प्रमुख आमन्त्रित प्रा.डा. रामचन्द्र लम्सालज्यू एवं विशिष्ठ आमन्त्रित प्रा.डा. जीवन अधिकारी तथा डा. बमबहादुर थापा जितालीको समुपस्थिति रहेको थियो ।
उपत्याकाको पश्चिममा रहेको एक मात्र साहित्यिक संस्थाको कविगोष्ठीमा छन्द, स्वच्छन्द कविता, गीत, गजल, लोकछन्द र धादिङ्गे मोती अर्ज्यालको जीवनी, उहाँका कविता रोचक ढङ्गबाट स्रष्टाहरूले वाचन प्रस्तुत गरिएको थियो । रचनाहरू देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा समाजिका बिक्रिति बिरुद्ध प्रहार गरिएका थिए । रामचन्द्र लम्सालले अर्याल गुरुको तस्बिरमा माल्यार्पण गर्नुभयो । अध्यक्ष सिग्देलले दीप प्रज्ज्वलन गर्नु भएको थियो ।
सो अवसरमा अज्र्यालका रचना वाचन गर्नेमा क्रमशः भुवनहरि सिग्देल, रामचन्द्र लम्साल, जीवन अधिकारी, बमबहादुर थापा जिताली, हरि खनाल, कृष्ण तिमलसिना, राजु रिजाल, दुर्गा रिजाल, कल्पना अधिकारी, बलदेव गाउँले, टीकानाथ अर्याल, जगदीश्वर पोखरेल, भवानी खतिवडा, बालमुकुन्द रेग्मी, लेखनाथ अर्याल, बिनुबाबा घिमिरे भण्डारी, दुर्गा रिमाल अधिकारी, टेकबहादुर लौडारी हुनुहुन्थ्यो ।
राममणि दुवाडीले गुरु अर्ज्यालको परिचय प्रस्तुत गर्नु भएको थियो । अर्ज्यालको सम्झनामा गरिएको कविगोष्ठीमा गुरु आमा सीता अर्याल, शिवप्रसाद अधिकारी, तोयानाथ अर्याल, रामप्रसाद भट्टराई, लेखनाथ अर्याल, अम्विका तिमलसिना, सुजिता कोइराला, जानुका अर्याल, सविता कडेल, सुभाषचन्द्र अधिकारी, सूर्यप्रसाद अधिकारी, प्रतिभा अर्याल, रमा पण्डित, अमृता दुवाडी, सीता रिजाल, सीता अधिकारी, जानकी भण्डारी, माधवप्रसाद भट्ट, नारायणप्रसाद सापकोटा, सावित्री सापकोटाको गरिमामय उपस्थिति थियो ।
प्रमुख आमन्त्रित लम्सालले अर्ज्याल गुरुले धादिङ जिल्लामा साहित्य तथा शिक्षामा गर्नुभएको योगदानको चर्चा गर्नुहुँदै गुरुको कविता वाचन गर्नु भयो । गोष्ठीका अध्यक्ष भुवनहरि सिग्देलले गुरुको वारेमा रचना गरेको कविता वाचन गर्नु हुँदै उहाँसँगको अनुपम भेटका प्रसङ्गका कुरा राख्नु भएको थियो । अब गुरुलाई सम्झने जिम्मा छोरी दुर्गा र कल्पनाले लिनु पर्दछ- उहाँले भन्नु भयो ।
अनुपम सिर्जना प्रतिष्ठानले गुरुको स्मृतिमा कविगोष्ठीको आयोजना गर्न पाएकोमा गौरवान्वित भएको बताउँदै सिग्देलले गोष्ठीमा सहभागी भई सफल बनाइ दिनु भएकोमा सबै जनालाई धन्यवाद दिनु भयो । कविगोष्ठीको निम्ति कोठा निःशुल्क उपलब्ध गराइ दिने एडमार्क कलेजलाई पनि मुरी मुरी धन्यवाद दिनुहुँदै गोष्ठी समापन गर्नु भएको थियो । उपाध्यक्ष जगदीश्वर पोखरेलले कविगोष्ठी कुशलतापूर्वक संयोजन गर्नु भएको थियो ।
०००
– जगदीश्वर
Subscribe
Login
0 Comments
Oldest












































