साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असफल प्रेमीको बकपत्र

जहर पिउन परे, जहरमा उनको खुशी मिसाउनुपर्छ, फाँसीमा झुण्ड्याउने भए, डोरी उनले बाटेको हुनुपर्छ, देश निकाला गरे, साथमा उनी हुनुपर्छ, आजीवन श्रम गराउने भए, मापदण्ड उनले बनाउनुपर्छ ।

Nepal Telecom ad

(सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य  कविता प्रतियोगितामा उत्कृष्ट २५ मा छनाेट भएकाे कविता  हाे याे ।  छनोटमा परेका २५ वटै र सहभागी अन्य हास्यव्यङ्ग्य कविताहरू फित्कौलीले क्रमशः पोष्ट गर्ने छ । कृपया आआफ्नो तस्वीर info@fitkauli.com  मा यथाशीघ्र पठाउनु होला । -प्रधान सम्पादक)

श्रीमान्,
म जे जे भन्छु,
सत्य सत्य भन्छु,
बेमनाशिव ठहरे,
कानुन बमोजिम सहुँला बुझाउँला,
मनाशिव ठहरे,
न्याय दिलाई पाउँ,

श्रीमान्,
उनको फेसबुक प्रोफाइल,
मेरो दैनिक गन्तव्य थियो,
ती तस्बिरहरू,
आकर्षणका केन्द्रहरू थिए,
मेरो मन,
मेरो नियन्त्रण बाहिर थियो,
मनले चाहन्थ्यो,
तिनै गन्तव्यहरू घुम्थ्यो, फर्किन्थ्यो,
श्रीमान्,
त्यसपछि मैले,
औलाहरूको नियन्त्रण गुमाएँ,
माफ पाउँ श्रीमान्,
मलाई नसोधी ती औलाहरूले,
‘एड् फ्रेन्ड’ बटनमा दबाएका हुन्,
ती दोषी औँलाहरू,
ती तस्बिरहरूमा,
‘लभ रियाक्ट’ गरिरहन्थे,
ती तस्बिरहरूमा,
‘उवाउ, ब्युटिफुल’ प्रतिक्रिया दिइरहन्थे,
श्रीमान्,
यहाँ गल्ति ठहरे,
ती दोषी औँलाहरूलाई कारबाही गरियोस्,

श्रीमान्,
त्यसपछि मैले दिमागको नियन्त्रण गुमाएँ,
त्यो दिमाग पनि,
दिनहुँ गफ गरिरहन चाहन्थ्यो,
के के गफ गर्‍यो,
त्यो कपटी दिमागले कहिल्यै मलाई बताएन,
श्रीमान्,
गल्ति ठहरे त्यो,
कपटी दिमागलाई कारबाही गरियोस्,

श्रीमान्,
म दोषी ठहरे,
तपाईंका हरेक फैसला,
मलाई मान्य छन्,
गोली हान्ने आदेश भए,
त्यो बन्दुक उनले चलाउनुपर्छ,
जन्मकैद भए,
कारागारमा उनको प्रतिमा बनाउनुपर्छ,
जहर पिउन परे,
जहरमा उनको खुशी मिसाउनुपर्छ,
फाँसीमा झुण्ड्याउने भए,
डोरी उनले बाटेको हुनुपर्छ,
देश निकाला गरे,
साथमा उनी हुनुपर्छ,
आजीवन श्रम गराउने भए,
मापदण्ड उनले बनाउनुपर्छ,

श्रीमान्,
गलत ठहरे,
तोकिएको कारबाही गरियोस्,
श्रीमान्,
मैले मबाट म बाहेक सबै गुमाइसकेँ,
यदि त्यो कानुनसँग पनि भावना छ भने,
मलाई उनी दिलाई दिनुहोस,
या त ती गुमेका सबै चिज,
फिर्ता दिलाई दिनुहोस्,
श्रीमान्…..!

०००
९८६१७४७१६२
फालेलुङ-७, पाँचथर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x