साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार विरुद्ध तीन दर्जन कविता वाचन

काव्यघर नेपालको आयोजनामा भ्रष्टाचार विरुद्ध सिर्जना वाचन तथा भूमाफिया ठगबाट पीडित सार्वजनिक कार्यक्रम दमक चोकको पिपल चौतारीमा सम्पन्न भयो ।

Nepal Telecom ad

झापा, ०८० वैशाख ३१ । काव्यघर नेपालको आयोजनामा भ्रष्टाचार विरुद्ध सिर्जना वाचन तथा भूमाफिया ठगबाट पीडित सार्वजनिक कार्यक्रम दमक चोकको पिपल चौतारीमा सम्पन्न भयो ।

कार्यक्रममा स्वःस्फुर्त तीन दर्जन स्रष्टाहरूले भ्रष्टाचार विरुद्ध सिर्जना बाचन गर्नु भएको थियो । कार्यक्रममा कविहरू झाक्री खोले, टंक पाठक, वीरेन्द्र खड्का, बिन्दु दहाल मुकदर्शक, राधिका ओझा, कला ढकाल, राजन चापागाईं, शिव रेग्मी प्रणत, हेमकुमारी कोइराला, गोपाल दहाल, माधब बिडारी, उमा पौडेल प्राज्ञ सुमित्रा वाङ्देल चेली लगायत तीस बढी कविहरूले स्वःस्फुर्त भ्रष्टाचार विरुद्ध आगो ओकल्ने कविता सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

देश झन झन भ्रष्टाचारमा चुर्लुम्म डुब्दै गएको बेला कवि लेखकहरू होशियार भएर समाज जोगाउन लाग्नुपर्छ र जनचेतना फैलाउनु पर्छ । देशमा प्रहरी प्रशासन, स्थानीय सरकार अदालत सबै सबै भ्रष्टाचारमा जाकिएकोले अब बौद्धिक नागरिकहरू उठ्नुको विकल्प नरहेको कार्याक्रमका वक्ताहरूले जोड दिनु भएको थियो ।

कार्यक्रम काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाको संयोजकत्वमा सम्पन्न भएको थियो ।

०००
– रेणुका भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x