साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकै ड्याङका मूला

सानालाई शासन गर्ने पनि ठूला मूला ठूलालाई घुमाउने अझ ठूला मूला । जति जति ठूला हुन्छन् गनाउने मूला आफैं मरिच चाउरिए झैं चाउरिने ती मूला ।

Nepal Telecom ad

कृष्णप्रसाद दाहाल :

(१)
हिमाली यो सुन्दर ड्याङमा कति धेरै मूला
जता हेर्यो त्यतै देख्छु ठूला ठूला मूला ।
दायाँ बायाँ वरपर सबैतिर मूला
जो जो जता भए पनि सबै ठूलै ठूला ।

(२)
तलदेखि माथिसम्मै रङ रङका मूला
लेकबेँशी पहाड तराई जात जातका मूला ।
काला राता डल्ले थेप्चे राम्रा राम्रा मूला
जो जो जस्ता भए पनि सबै ठूलै ठूला ।

(३)
मलखाद जति भा नि नअघाउने मूला
जे खाए नि भुँडी फुल्ने कति ज्याद्रा मूला ।
यति, ओम्नी, धमिजा र लाउडा निल्ने मूला
होली वाइन, झोलुङ्गे पुल पचाउने मूला ।

(४)
कोही राता कोही सेता कोही डल्ला मूला
कोही चेप्टा कोही कुख्रे, कोही ढुक्ने मूला ।
पुराना क्वै कोही चाहिँ नयाँ खालका मूला
जो जो जस्ता भए पनि सबै ठूला मूला ।

(५)
कोही दायाँतिर हिँड्ने, कोही बायाँ मूला
कुनै उत्तर जान्छु भन्छ, कोही दक्षिण मूला ।
सधैं यस्तै बस्छु भन्छ, फेरि कुनै मूला
जो जो जता गए पनि एकै ड्याङका मूला ।

(६)
साना साना सातै ड्याङका कति ठूला मूला
सिंहदरवारभित्र फले झनै ठूला मूला ।
गाउँ गाउँमा ठूला मूला देशैभरि मूला
डाँडापाखा कुना काप्चा रङ् विरङका मूला ।

(७)
सानालाई शासन गर्ने पनि ठूला मूला
ठूलालाई घुमाउने अझ ठूला मूला ।
जति जति ठूला हुन्छन् गनाउने मूला
आफैं मरिच चाउरिए झैं चाउरिने ती मूला ।

०००
श्री सिद्धेश्वर मा. वि., दावाँ, भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
0
Would love your thoughts, please comment.x
()
x