साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपनाको देश

कृषि, स्वास्थ्य, शिक्षा तथा यातायातमा आमूल परिवर्तन गरी देशको हरेक क्षेत्रको मुहार फेर्ने सपना बोक्नु पर्ने होइन र ? तर कुटिल सपना पाल्ने भन्दा पनि चम्चा पाल्नेका चौतर्फी रजाइँ छ ।

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

सपनालाई आधार मानी एक टुक्रा गन्थन मन्थन कोर्न खोजेको छु । मेरो जमर्कोमा कोही आँखा टेडो गरेर बिचबाटोमा उत्तानटाङ गर्न । सपनाको देशमा बजार भाउ बढेका बेला कोही फोहर सडकमा पसारो पर्न जीवनको एक थान सपना डढेलोले ढलेको बेला कसैको मन भाँच्चिन । कोही श्वास फेर्न घुम्ने कुर्सी नपाएर छट्पटानन्द बनेर घरको भुजा र पुजा डकार्न । आशा छ कसैले सपना भनेर एक मुठ्ठी पानी पाउन गाह्रो भएको बेला मेरो भागको गुन्द्रुक ढिडो कसैले ओहो ! भनेर स्वाहा नपारोस । सपना लाठोको साटो भएर पनि आउन सक्छ । त्यसैले मर्ने बेला कसैको गोजी काट्ने कुरा भन्दा सपनाको देश पाल्नु बेस होला ।

सपनामा धन राख्नुहोस्, सपनामा मन राख्नुहोस्, सपनामा तन राख्नु होस् । कल्पना र सपना नभए मानिस यो अवस्थासम्म आउन सक्दैनथ्यो । साह्रै भद्र सपना नभए मानिस चैनले बाँच्न पनि सक्दैन । सपना झुत्रो माटोको भए पनि घर व्यवहार पनि चल्दैन । देशको त के कुरा । यो भित्रभित्र जल्ने भूसको आगो र चल्ने भूगोलको ज्वारभाटा जस्तै चलाए मान हुन्छ । सिङ्गो सपनाले आफ्नो परिभाषा बिर्से पनि दिमागले जाने भलो गर्छ नजाने कतै कुभलो पनि गर्दैन । सपनाको धोक्रा सबैले जन्मजात रोगझै बोकेका हुन्छन् । हन्तकाली भुँडीको सेवाको लागि दाल, भात र लिटोको विरोध सपनाले गर्दैन । सिलटिमुर खाने लागेको लागि पनि सपना आवश्यकता हुन्छ । सपना नभए मानिसको अन्त मात्र होइन देश पनि बन्दैन दुई चार थान सपना पालेर नगए । सपना नभई इतिहास राजनीति भूगोल पनि बदल्न सकिदैन ।

आलुको जुत्ता लाएर हिँडे पनि सपनाको पीडादायी पोकापुन्तुराको कुरा अर्कै छ । भनिन्छ, ‘बाह्र छोरा तेह्र नाती सपनाको धोक्रा काधै माथि’ । सपनाको वर्गीकरण कसरी भनूँ ? एउटा महङ्गी बेपारीको सपना नाफालाई खुदो पार्नु हो । सत्तामा हुनेको सपना राज गरेर हैकम दर्ता चलान गर्ने हो । विपक्षीमा बस्नेको सपना शत्ताको नमिठो लड्डु पेडा जे पनि सोमरसमा मिसाएर पिए पनि विद्रोहीको घण्टी बजाउने हो । उदाहरणको लागि एउटी बुढी कन्याले छोरो जन्माउन सपनाको धोेक्रोमा के के हुसुरेर सपना पालेकी हुन्छे । यस्लाई के भनेर सम्बोधन गर्ने ? उत्तर पाउन मुस्किल छ ।

विद्यार्थीको सपना चिट चोरेर भए पनि परिक्षामा पास हुने । साना कारिन्दाको सपना घुम्ने कुर्सीमा पुग्ने । सहयोगीको सपना हाकिमलाई छलछाम गरेर घुर्की लाउने । साम्सदको सपना लुतुरे भए पनि मन्त्री हुने, हुकुमवासीको सपना मोटो रकम दाउ पार्ने । घर नहुने सुकुमवासीको सपना एउटा छाप्रो पाउनु हो । छलछाम पार्टीको सपना चन्दा र घोषणा पत्र झ्वाम पार्ने । खबर बेचुवा पत्रुकारको सपना दलाली सपना हो । बाग्मतीको फोहर पानी बेचुवाको सपना लाँलची हो । गुण्डा र लोफरको सपना केटी पट्याउने हुन्छ । आम मानिसको सपना सय वर्ष बाँचेर बुद्ध राम कृष्ण शिव जस्तै पजुनीय बन्ने । आजकाल यसैलाई स्तरिय र स्टायाण्डर्ड सपना मानिन्छन् ।

यसो भनिरहँदा मेरो कलमको मसी मास्न कसैको निम्ति गतिलो विद्रोही हतियार बन्ने छैन होला । कसैको घरको वार देखि तरवारसम्मको टाउको बाङ्गीने छैन । महङ्गो ओठ लेप्रिने छैन । कसैको गर्धन निमोठिने छैन । धमिराले जस्तो अरुजको जीवन खोक्रो पार्ने छैन । आस्थाको झोली फ्याकेर घरबालेर कसैले खरानी बनाउने छैन होला । सपनाको कुरा अगणितीय छन् । तर हाड नभएको जिभ्रोजस्तै हो जता पनि फट्फटि पनि सपना तै बुझिरहेछु ।

पहिला पहिला सपना जन्माउने हलीका भक्त अहिले पाजीका भक्त भएका छन् । दोश्रो घरजम नहुने बम्जन हुन थालेका छन् । त्यसो भन्दैमा यो पाषाण युग हैन कालीको कलि युग हो । सपना नथुपारेर नबस्ने को होला ? जन्तुको तन्तुसम्म सबैले आरमाले सपना नदेखेको कहाँ हुन्छ र । भदौको भेलदेखि सिलटिमुर खानेलाई पनि थाहा छ । सपना नभए मान्छे खोक्रो बोक्राजस्तै हुन्छ । त्यसै भएर आज भोली जताततै सपनाको राज छ । दिन दिनै सपनाको बजार असनको गल्लीझैँ अपार भएको छ ।

सपना दाउरे चाउरेले मात्र देख्दैन । सपना त गल्लीमा हिँड्ने लुते तिल्के, टाटेपाटे, लुतुरे, झ्याउरे कुकुरले पनि देखेको हुन्छ । कुकुरको देशमा एक टुक्रा हण्डीको लागि उ पनि हरपल भौतारिएको हुन्छ । सपनाको धर्म सपना बोक्ने हो । सापनाले टाउको बोक्ने हो पाँडे जुत्ता होइन । त्यसैले मलाई सपनाको सानो उपलब्धि भन्दा यसको मोडेल प्रिय लाग्छ । कतै सडकको गुलुपमा दिप बलेजस्तो देखिने बान्की फूलको सितजस्तो थोपाजस्तो होलान् । सपनाको मोडेल झ्याङ्गिने र बाङ्गिने यो बजारको डिमाण्ड र सप्लाई जस्तै हो । त्यसले भनेको हुनुपर्छ सपना सजाउन नजाने स्वर्ग जान पनि पाइँदैन रे ।

यस्तो तान्ने र हान्ने सपनालाई बुझ्न गाह्रो छ । जे जसो भए पनि स्वार्थी सपनाबारे सरोकार राख्नु बेकार छ । एउटा इमानको खडेरी चलेको बेला हृृदयपुकार गर्ने हो भने एउटा फरार हुने लुच्चाको सपना ठगाहा बन्नु हो । जनताको जमानाको सातुमा छ्याकन खाने कर्मचारी, नखरा गर्ने तरुना तरुनी धक्कुलाउने धक्कुबाज झ्याझुसे नेता गुड्डी हाक्ने कलाकार भाउ खोज्ने माननीय सिमाना मिच्ने छिमेकीको सपना नैतिकतवाद र इमान्दारीभित्र पर्छ पर्दैन भन्न उत्तिकै पिरलो ।

सपनाको मोडेल कुरा गर्दा भैरव अर्यालको एउटा भनाई सम्झिन पुग्छु ‘जसको धनधान्य उही सर्वमान्य ।’ देशको सपना पनि त्यस्तै हुनुपर्छ । खै धोक्रे सपना, सपनाजस्तौ बुढो धोक्रे हुन सकेको छैन । यिनै सपनाको बारेमा मेरो मन बेथितीसित घुमिरहेछ । म सम्झन्छु मेरो एकजना छिमेकी ओभरसियर छन् । घर गोठको नक्सा बनाएउन मात्र होइन उनी देशको नक्सा कोर्न जान्दैनन् तर मसिना चामलको धोक्रो भर्छन् । यसो उसो जसो कसो जे गरे पनि उन्कै भाछा घरमा रेलको सिठ्ठी कराउँछ । उनकै आगनमा बेकारको कार बसेको छ । उनै सपनाको गुट्टी अरु हाक्छन् । सपनाको वेपार भनेको यहि रहेछ । जत्रो नक्सा कोर्‍यो उर्तै सपनाको सामाल पाइने न हो । अचम्म । उनै मर्निन वाकमा कुकुर पार्कमा र कुकुरको सपना डोर्‍यार हिँड्छन् ।

पशुपति जाँदा मान्छे अपार भने झैँ कोही सपना देखाएर सत्कार र सत्कर्म गर्छन् । नपत्याउनु पनि कसरी ? त्यस्तै वल्लो पल्लो घर बिर्सिए कुन जमानका हुन् अर्का जग्गा दलाली गर्ने डन बस्छन् । एक हर्लिक्सको सिसीको माटो बेचेर एक मिनेटेको बाटो न्यूरोड रत्नपार्कमा जुल्फी हल्लाएर पेजेरो चड्छन् । न्यूयोर्क जान्छन् । मेरै कानपुरले सुनेको छ । उनकै छोरा नाति सात समुन्द्र पारी छन् रे । यो उनको सपना हो । यसो हेर्‍यो उसलैलाई उपनाम दिएर सपनीको बाबु भनेर बोलाइन्छ । यसरी हेर्दा यस्तो जटिल कुरा मात्र होइन यता उता जता हिडे पनि सपना जीवनलाई आवश्यकता मात्र होइन दरकार पनि पर्दो रहेछ । वास्तवमा सपना बहुआयामिक शब्द मात्र होइन रहेछ चढाई बढाई गर्ने साधन पनि हुन पुगेको देख्ता आश्चर्य लाग्छ ।

वास्तवमा साहित्य र काव्यमा सपना नदेख्ने मानिस चालिस गुनाले चाउरिन्छ । सपना बिनाको मानिस के मानिस भन्ने पनि छन् । सपनाले देशका हलियादेखि मुखियासम्म सबैलाई अठ्याएको छ । अहिले पनि अब्बल दर्जाको सपना बोक्नेहरू के यूवा के शिक्षक के दिक्षक के खेलाडी के हाकिमहरू पनि स्वदेशको लाभ पद छोडेर अकस्मात् विदेशी झिलिमिली हेरेर गन्धे झार केलाउन पुगेका छन् । यस्तो देखेर साँच्चिकै भगवानप्रति दया लाग्छ । विदेशमा रत्तिने दाउरे र चाउरेहरू यताको दशैँ तिहार देउँसी भैलो छोडेर उतैका ईश्वरका भजन र सपना बोकेर नष्ट भ्रष्ट पनि हुन पुगेका छन् । आफ्नो संस्कार रीतिरिवाज छाडेको देख्ता अचेल उदेक लाग्छ । म घरी घरी मनमनै भन्छु यिनीहरुका सपनाहरू बिर्सन लायक छन् तैपनि सधैँ सम्झन्छु ।

अरु त अरु खै के भनूँ । देशको सपना माटोलाई अरु उर्वरा पार्ने हो । कृषि, स्वास्थ्य, शिक्षा तथा यातायातमा आमूल परिवर्तन गरी देशको हरेक क्षेत्रको मुहार फेर्ने सपना बोक्नु पर्ने होइन र ? तर कुटिल सपना पाल्ने भन्दा पनि चम्चा पाल्नेका चौतर्फी रजाइँ छ । अधम र धूर्तको बिग्बिगी छ । यो मेरो आक्रोश होइन । हृदयको तार सपनाले अनुवाद गरे पनि रोग, भोक, शोक, प्यास, तिर्खा पसिनामा पनि सपना सम्झना आउँछ । सपनामा के के आउँछ वणर्न गर्न गाह्रो छ । म सोचिरहेछु अब त लाग्छ सपनाको मोडेल पनि फेर्ने बेला भएको छ । मलाई विश्वास छ तपाईंले पनि यस्ता कुलतका सपनालाई काखी च्याप्नु हुने छैन । विवेकलाई बन्धकी राखेर बेइमानीको बोक्रे गीत गाएर सपनाको धोक्रा कसरी भरिएला । ए ! गाँठे ।

०००
काठमाडौं – १५, हाल सिड्नी
०५ फ्रेब्रुवरी २०२४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य लेख्नु भो हजुर ?

व्यङ्ग्य लेख्नु भो हजुर...

ठाकुरप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
टुकुचा !

टुकुचा !

ठाकुरप्रसाद अधिकारी
बडोहरूको तगडो चर्चा

बडोहरूको तगडो चर्चा

ठाकुरप्रसाद अधिकारी
हल्ला जस्तो हल्ला किन ?

हल्ला जस्तो हल्ला किन...

ठाकुरप्रसाद अधिकारी
आधुनिक नाता आतङ्क

आधुनिक नाता आतङ्क

ठाकुरप्रसाद अधिकारी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
चोरहरु

चोरहरु

कृष्ण उफान
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x