साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपनाको देश

कृषि, स्वास्थ्य, शिक्षा तथा यातायातमा आमूल परिवर्तन गरी देशको हरेक क्षेत्रको मुहार फेर्ने सपना बोक्नु पर्ने होइन र ? तर कुटिल सपना पाल्ने भन्दा पनि चम्चा पाल्नेका चौतर्फी रजाइँ छ ।

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

सपनालाई आधार मानी एक टुक्रा गन्थन मन्थन कोर्न खोजेको छु । मेरो जमर्कोमा कोही आँखा टेडो गरेर बिचबाटोमा उत्तानटाङ गर्न । सपनाको देशमा बजार भाउ बढेका बेला कोही फोहर सडकमा पसारो पर्न जीवनको एक थान सपना डढेलोले ढलेको बेला कसैको मन भाँच्चिन । कोही श्वास फेर्न घुम्ने कुर्सी नपाएर छट्पटानन्द बनेर घरको भुजा र पुजा डकार्न । आशा छ कसैले सपना भनेर एक मुठ्ठी पानी पाउन गाह्रो भएको बेला मेरो भागको गुन्द्रुक ढिडो कसैले ओहो ! भनेर स्वाहा नपारोस । सपना लाठोको साटो भएर पनि आउन सक्छ । त्यसैले मर्ने बेला कसैको गोजी काट्ने कुरा भन्दा सपनाको देश पाल्नु बेस होला ।

सपनामा धन राख्नुहोस्, सपनामा मन राख्नुहोस्, सपनामा तन राख्नु होस् । कल्पना र सपना नभए मानिस यो अवस्थासम्म आउन सक्दैनथ्यो । साह्रै भद्र सपना नभए मानिस चैनले बाँच्न पनि सक्दैन । सपना झुत्रो माटोको भए पनि घर व्यवहार पनि चल्दैन । देशको त के कुरा । यो भित्रभित्र जल्ने भूसको आगो र चल्ने भूगोलको ज्वारभाटा जस्तै चलाए मान हुन्छ । सिङ्गो सपनाले आफ्नो परिभाषा बिर्से पनि दिमागले जाने भलो गर्छ नजाने कतै कुभलो पनि गर्दैन । सपनाको धोक्रा सबैले जन्मजात रोगझै बोकेका हुन्छन् । हन्तकाली भुँडीको सेवाको लागि दाल, भात र लिटोको विरोध सपनाले गर्दैन । सिलटिमुर खाने लागेको लागि पनि सपना आवश्यकता हुन्छ । सपना नभए मानिसको अन्त मात्र होइन देश पनि बन्दैन दुई चार थान सपना पालेर नगए । सपना नभई इतिहास राजनीति भूगोल पनि बदल्न सकिदैन ।

आलुको जुत्ता लाएर हिँडे पनि सपनाको पीडादायी पोकापुन्तुराको कुरा अर्कै छ । भनिन्छ, ‘बाह्र छोरा तेह्र नाती सपनाको धोक्रा काधै माथि’ । सपनाको वर्गीकरण कसरी भनूँ ? एउटा महङ्गी बेपारीको सपना नाफालाई खुदो पार्नु हो । सत्तामा हुनेको सपना राज गरेर हैकम दर्ता चलान गर्ने हो । विपक्षीमा बस्नेको सपना शत्ताको नमिठो लड्डु पेडा जे पनि सोमरसमा मिसाएर पिए पनि विद्रोहीको घण्टी बजाउने हो । उदाहरणको लागि एउटी बुढी कन्याले छोरो जन्माउन सपनाको धोेक्रोमा के के हुसुरेर सपना पालेकी हुन्छे । यस्लाई के भनेर सम्बोधन गर्ने ? उत्तर पाउन मुस्किल छ ।

विद्यार्थीको सपना चिट चोरेर भए पनि परिक्षामा पास हुने । साना कारिन्दाको सपना घुम्ने कुर्सीमा पुग्ने । सहयोगीको सपना हाकिमलाई छलछाम गरेर घुर्की लाउने । साम्सदको सपना लुतुरे भए पनि मन्त्री हुने, हुकुमवासीको सपना मोटो रकम दाउ पार्ने । घर नहुने सुकुमवासीको सपना एउटा छाप्रो पाउनु हो । छलछाम पार्टीको सपना चन्दा र घोषणा पत्र झ्वाम पार्ने । खबर बेचुवा पत्रुकारको सपना दलाली सपना हो । बाग्मतीको फोहर पानी बेचुवाको सपना लाँलची हो । गुण्डा र लोफरको सपना केटी पट्याउने हुन्छ । आम मानिसको सपना सय वर्ष बाँचेर बुद्ध राम कृष्ण शिव जस्तै पजुनीय बन्ने । आजकाल यसैलाई स्तरिय र स्टायाण्डर्ड सपना मानिन्छन् ।

यसो भनिरहँदा मेरो कलमको मसी मास्न कसैको निम्ति गतिलो विद्रोही हतियार बन्ने छैन होला । कसैको घरको वार देखि तरवारसम्मको टाउको बाङ्गीने छैन । महङ्गो ओठ लेप्रिने छैन । कसैको गर्धन निमोठिने छैन । धमिराले जस्तो अरुजको जीवन खोक्रो पार्ने छैन । आस्थाको झोली फ्याकेर घरबालेर कसैले खरानी बनाउने छैन होला । सपनाको कुरा अगणितीय छन् । तर हाड नभएको जिभ्रोजस्तै हो जता पनि फट्फटि पनि सपना तै बुझिरहेछु ।

पहिला पहिला सपना जन्माउने हलीका भक्त अहिले पाजीका भक्त भएका छन् । दोश्रो घरजम नहुने बम्जन हुन थालेका छन् । त्यसो भन्दैमा यो पाषाण युग हैन कालीको कलि युग हो । सपना नथुपारेर नबस्ने को होला ? जन्तुको तन्तुसम्म सबैले आरमाले सपना नदेखेको कहाँ हुन्छ र । भदौको भेलदेखि सिलटिमुर खानेलाई पनि थाहा छ । सपना नभए मान्छे खोक्रो बोक्राजस्तै हुन्छ । त्यसै भएर आज भोली जताततै सपनाको राज छ । दिन दिनै सपनाको बजार असनको गल्लीझैँ अपार भएको छ ।

सपना दाउरे चाउरेले मात्र देख्दैन । सपना त गल्लीमा हिँड्ने लुते तिल्के, टाटेपाटे, लुतुरे, झ्याउरे कुकुरले पनि देखेको हुन्छ । कुकुरको देशमा एक टुक्रा हण्डीको लागि उ पनि हरपल भौतारिएको हुन्छ । सपनाको धर्म सपना बोक्ने हो । सापनाले टाउको बोक्ने हो पाँडे जुत्ता होइन । त्यसैले मलाई सपनाको सानो उपलब्धि भन्दा यसको मोडेल प्रिय लाग्छ । कतै सडकको गुलुपमा दिप बलेजस्तो देखिने बान्की फूलको सितजस्तो थोपाजस्तो होलान् । सपनाको मोडेल झ्याङ्गिने र बाङ्गिने यो बजारको डिमाण्ड र सप्लाई जस्तै हो । त्यसले भनेको हुनुपर्छ सपना सजाउन नजाने स्वर्ग जान पनि पाइँदैन रे ।

यस्तो तान्ने र हान्ने सपनालाई बुझ्न गाह्रो छ । जे जसो भए पनि स्वार्थी सपनाबारे सरोकार राख्नु बेकार छ । एउटा इमानको खडेरी चलेको बेला हृृदयपुकार गर्ने हो भने एउटा फरार हुने लुच्चाको सपना ठगाहा बन्नु हो । जनताको जमानाको सातुमा छ्याकन खाने कर्मचारी, नखरा गर्ने तरुना तरुनी धक्कुलाउने धक्कुबाज झ्याझुसे नेता गुड्डी हाक्ने कलाकार भाउ खोज्ने माननीय सिमाना मिच्ने छिमेकीको सपना नैतिकतवाद र इमान्दारीभित्र पर्छ पर्दैन भन्न उत्तिकै पिरलो ।

सपनाको मोडेल कुरा गर्दा भैरव अर्यालको एउटा भनाई सम्झिन पुग्छु ‘जसको धनधान्य उही सर्वमान्य ।’ देशको सपना पनि त्यस्तै हुनुपर्छ । खै धोक्रे सपना, सपनाजस्तौ बुढो धोक्रे हुन सकेको छैन । यिनै सपनाको बारेमा मेरो मन बेथितीसित घुमिरहेछ । म सम्झन्छु मेरो एकजना छिमेकी ओभरसियर छन् । घर गोठको नक्सा बनाएउन मात्र होइन उनी देशको नक्सा कोर्न जान्दैनन् तर मसिना चामलको धोक्रो भर्छन् । यसो उसो जसो कसो जे गरे पनि उन्कै भाछा घरमा रेलको सिठ्ठी कराउँछ । उनकै आगनमा बेकारको कार बसेको छ । उनै सपनाको गुट्टी अरु हाक्छन् । सपनाको वेपार भनेको यहि रहेछ । जत्रो नक्सा कोर्‍यो उर्तै सपनाको सामाल पाइने न हो । अचम्म । उनै मर्निन वाकमा कुकुर पार्कमा र कुकुरको सपना डोर्‍यार हिँड्छन् ।

पशुपति जाँदा मान्छे अपार भने झैँ कोही सपना देखाएर सत्कार र सत्कर्म गर्छन् । नपत्याउनु पनि कसरी ? त्यस्तै वल्लो पल्लो घर बिर्सिए कुन जमानका हुन् अर्का जग्गा दलाली गर्ने डन बस्छन् । एक हर्लिक्सको सिसीको माटो बेचेर एक मिनेटेको बाटो न्यूरोड रत्नपार्कमा जुल्फी हल्लाएर पेजेरो चड्छन् । न्यूयोर्क जान्छन् । मेरै कानपुरले सुनेको छ । उनकै छोरा नाति सात समुन्द्र पारी छन् रे । यो उनको सपना हो । यसो हेर्‍यो उसलैलाई उपनाम दिएर सपनीको बाबु भनेर बोलाइन्छ । यसरी हेर्दा यस्तो जटिल कुरा मात्र होइन यता उता जता हिडे पनि सपना जीवनलाई आवश्यकता मात्र होइन दरकार पनि पर्दो रहेछ । वास्तवमा सपना बहुआयामिक शब्द मात्र होइन रहेछ चढाई बढाई गर्ने साधन पनि हुन पुगेको देख्ता आश्चर्य लाग्छ ।

वास्तवमा साहित्य र काव्यमा सपना नदेख्ने मानिस चालिस गुनाले चाउरिन्छ । सपना बिनाको मानिस के मानिस भन्ने पनि छन् । सपनाले देशका हलियादेखि मुखियासम्म सबैलाई अठ्याएको छ । अहिले पनि अब्बल दर्जाको सपना बोक्नेहरू के यूवा के शिक्षक के दिक्षक के खेलाडी के हाकिमहरू पनि स्वदेशको लाभ पद छोडेर अकस्मात् विदेशी झिलिमिली हेरेर गन्धे झार केलाउन पुगेका छन् । यस्तो देखेर साँच्चिकै भगवानप्रति दया लाग्छ । विदेशमा रत्तिने दाउरे र चाउरेहरू यताको दशैँ तिहार देउँसी भैलो छोडेर उतैका ईश्वरका भजन र सपना बोकेर नष्ट भ्रष्ट पनि हुन पुगेका छन् । आफ्नो संस्कार रीतिरिवाज छाडेको देख्ता अचेल उदेक लाग्छ । म घरी घरी मनमनै भन्छु यिनीहरुका सपनाहरू बिर्सन लायक छन् तैपनि सधैँ सम्झन्छु ।

अरु त अरु खै के भनूँ । देशको सपना माटोलाई अरु उर्वरा पार्ने हो । कृषि, स्वास्थ्य, शिक्षा तथा यातायातमा आमूल परिवर्तन गरी देशको हरेक क्षेत्रको मुहार फेर्ने सपना बोक्नु पर्ने होइन र ? तर कुटिल सपना पाल्ने भन्दा पनि चम्चा पाल्नेका चौतर्फी रजाइँ छ । अधम र धूर्तको बिग्बिगी छ । यो मेरो आक्रोश होइन । हृदयको तार सपनाले अनुवाद गरे पनि रोग, भोक, शोक, प्यास, तिर्खा पसिनामा पनि सपना सम्झना आउँछ । सपनामा के के आउँछ वणर्न गर्न गाह्रो छ । म सोचिरहेछु अब त लाग्छ सपनाको मोडेल पनि फेर्ने बेला भएको छ । मलाई विश्वास छ तपाईंले पनि यस्ता कुलतका सपनालाई काखी च्याप्नु हुने छैन । विवेकलाई बन्धकी राखेर बेइमानीको बोक्रे गीत गाएर सपनाको धोक्रा कसरी भरिएला । ए ! गाँठे ।

०००
काठमाडौं – १५, हाल सिड्नी
०५ फ्रेब्रुवरी २०२४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टुकुचा !

टुकुचा !

ठाकुरप्रसाद अधिकारी
बडोहरूको तगडो चर्चा

बडोहरूको तगडो चर्चा

ठाकुरप्रसाद अधिकारी
हल्ला जस्तो हल्ला किन ?

हल्ला जस्तो हल्ला किन...

ठाकुरप्रसाद अधिकारी
आधुनिक नाता आतङ्क

आधुनिक नाता आतङ्क

ठाकुरप्रसाद अधिकारी
खुट्टा

खुट्टा

ठाकुरप्रसाद अधिकारी
राग कसको ?

राग कसको ?

ठाकुरप्रसाद अधिकारी
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x