सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

के जान्छ मेरो ?

खोला र पानी वन ठान्छु मेरै । बेचेर माटो धन जोड्छु धेरै ।। त्यो मान्दिनेले जबसम्म मान्छ । छ मोज मेरो अनि के न जान्छ ?

Nepal Telecom ad

देव भट्टराई :

बाँडेर आश्वासन भर्छु झोला ।
त्यो पूर्ण होला अवथा नहोला ।।
पत्याउँने यी मनु मेषझैँ छन् ।
के जान्छ मेरो ? जनता छँदैछन् ।।०१

छन् फूल खादा मणिहार भर्ने ।
छ को र ? मेरो प्रतिकार गर्ने ।।
बोलेँ भने कानुन बन्छ भाइ ।
भन्दिन्छु गङ्गाजल मूत्रलाई ।।०२

यो देश मेरो छ प्रदेश मेरो ।
पहाड मेरो छ मधेस मेरो ।।
पेवा छ मेरै दल लालझण्डा ।
म माथि हो ठान्दछु देशभन्दा ।।०३

हारोस् सधैँ देश म जीतमा छु ।
ऐसा र पैसा मृदु प्रीतमा छु ।।
कमान मेरो छ सधैँ अगाडि ।
त्यो दीन दु:खी छ मरोस् पछाडि ।।०४

रोऊन् कराऊन् दरकार छैन ।
उनीहरूको सरकार छैन ।।
विदेश जाऊन् रुपियाँ पठाऊन् ।
पार्टी र नेता उपियाँ अघाऊन् ।।०५

खोला र पानी वन ठान्छु मेरै ।
बेचेर माटो धन जोड्छु धेरै ।।
त्यो मान्दिनेले जबसम्म मान्छ ।
छ मोज मेरो अनि के न जान्छ ?०६

०००
भोजपुर, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
हाम्रै हातमा छ

हाम्रै हातमा छ

देव भट्टराई (२)
खै के होला ?

खै के होला ?

देव भट्टराई (२)
के यही लोकतन्त्र हो ?

के यही लोकतन्त्र हो...

देव भट्टराई (२)
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने
फेरि बधाईं

फेरि बधाईं

हेम अधिकारी
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
विश्व खवर

विश्व खवर

विष्णुहरि पाैडेल