साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के जान्छ मेरो ?

खोला र पानी वन ठान्छु मेरै । बेचेर माटो धन जोड्छु धेरै ।। त्यो मान्दिनेले जबसम्म मान्छ । छ मोज मेरो अनि के न जान्छ ?

Nepal Telecom ad

देव भट्टराई :

बाँडेर आश्वासन भर्छु झोला ।
त्यो पूर्ण होला अवथा नहोला ।।
पत्याउँने यी मनु मेषझैँ छन् ।
के जान्छ मेरो ? जनता छँदैछन् ।।०१

छन् फूल खादा मणिहार भर्ने ।
छ को र ? मेरो प्रतिकार गर्ने ।।
बोलेँ भने कानुन बन्छ भाइ ।
भन्दिन्छु गङ्गाजल मूत्रलाई ।।०२

यो देश मेरो छ प्रदेश मेरो ।
पहाड मेरो छ मधेस मेरो ।।
पेवा छ मेरै दल लालझण्डा ।
म माथि हो ठान्दछु देशभन्दा ।।०३

हारोस् सधैँ देश म जीतमा छु ।
ऐसा र पैसा मृदु प्रीतमा छु ।।
कमान मेरो छ सधैँ अगाडि ।
त्यो दीन दु:खी छ मरोस् पछाडि ।।०४

रोऊन् कराऊन् दरकार छैन ।
उनीहरूको सरकार छैन ।।
विदेश जाऊन् रुपियाँ पठाऊन् ।
पार्टी र नेता उपियाँ अघाऊन् ।।०५

खोला र पानी वन ठान्छु मेरै ।
बेचेर माटो धन जोड्छु धेरै ।।
त्यो मान्दिनेले जबसम्म मान्छ ।
छ मोज मेरो अनि के न जान्छ ?०६

०००
भोजपुर, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म के गरूँ ?

म के गरूँ ?

देव भट्टराई (२)
अतिको महिमा

अतिको महिमा

देव भट्टराई (२)
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
हाम्रै हातमा छ

हाम्रै हातमा छ

देव भट्टराई (२)
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x