साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोले म नबनौँ किन ?

झोलाबाटै बनेका छन् प्रा.डा.प्राज्ञ भने किन ? अग्रगामी बनी आजै झोले म नबनौँ किन ? झोला संस्कृति हो हाम्रो झोला जीवन दर्शन झोलाकै कविता लेखी झोले म नबनौँ किन ?

Nepal Telecom ad

हेमराज अधिकारी :

शिरमा मणिझैँ शोभा जस्तै त्यो हिमको छवि
झोलेका काँधमा झोला सुहाउँदछ बेसरी ।

झोला मैले भिरेको छु भन्छन् झोले भनून् तर
प्रतिष्ठा पदको भारी बोकेकै छु निरन्तर ।

क्रान्ति वा शान्तिका गीत आगो वा पानीका कुरा
झोला हो शक्तिको पुञ्ज घुम्छ घुमाऊँदै छुरा ।

सरुवा बढुवादेखि सारा राज्य प्रशासन
झोलाबाटै चलेका छन् म झोले नबनौँ किन ?

सौभाग्यले कृपादृष्टि पर्‍यो मालिकको यदि
लेख्नै पर्दैन त्यो पक्का हुन्छ स्रष्टा महान् कवि ॥

झुप्पा अँगुरका जस्ता बोकेर सपनाहरू
झोलाबाट निकालेर बाँडेका छन् खुरुखुरु ।

झोलाभित्रै पुरस्कार झोलामै धन दौलत
सिङ्गै पार्टी छ झोलामा सिङ्गै देश अटाउँछ ॥

अग्ला यी हिमका चुच्चा पग्लिँदै तल झर्दछन्‌
मात्रै झोले बनौँ आफैँ खजाना टन्न भर्दछन् ।

स्वतस्फूर्त केही छैन बाँकी चिन्तन मन्थन
योग्यता भन्नु झोला हो अनि म नभिरुँ किन ?

झोलाबाटै बनेका छन् प्रा.डा.प्राज्ञ भने किन ?
अग्रगामी बनी आजै झोले म नबनौँ किन ?

झोला संस्कृति हो हाम्रो झोला जीवन दर्शन
झोलाकै कविता लेखी झोले म नबनौँ किन ?

०००
अर्जुनधारा, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x